May 3, 2024

पाल्पा,चैत्र २४ ।
सुनिल कार्की ।
पाल्पाको रैनादेबी छहरा गाउँपालिकाले असिना पानि पिडितलाई राहात राहत प्रदान गरेको छ । गएको हप्ता आएको हावाहुरीसँगै आएको असिना पानीका कारण ठूलो क्षति भोगेका स्थानियलाई त्रिपाल सहयोग गरेको हो ।

 

हावाहुरीले क्षति गरेका घर परिवारलाई तत्कालका लागि त्रिपाल हस्तान्तरण गरेको गाउँपालिका अध्यक्ष रुक्मांगत भट्टराईले जानकारी दिनुभयो । क्षति भएका स्थानियलाई उनिहरुको घरमै पुगेर गाउँपालिकाका प्रवक्ता देवेन्द्र पुन, वडा न ३ का वडाध्यक्ष प्रदिप पौडेल, जिन्सी शाखा प्रमुख प्रकाश केसी लगाएतको टोलिले स्थालगत अनुगमन गरि त्रिपाल सहयोग गरेको गाउँपालिका अध्यक्ष भट्टराईले बताउनुभयो ।

 

 

चैत्र १७ गते शनिबारको हावा हुरी सहितको असिना पानीले भौतिक लगाएत तरकारी, लहरेवाली, टनेल तरकारी खेती, टमाटर र सुन्तला खेतीमा करौडौ रुपैयाँको क्षति पुगेको थियो । गाउँपालिकाले पालिकाका ८ वटै वडामा भएका क्षतिको संकलन गरिरहेको गाउँपालिकाका लेखा अधिकृत लिलामणी बस्यालले बताउनुभयो । गाउँपालिकाका प्रवक्ता देवेन्द्र पुनले हावा र असिना पानीले क्षति पुगेका घरहरूको अवलोकन गरिएको जानकारी दिनुभयो ।

अहिले पालिकाका ८ वटै वडामा भएमा क्षतिहरूको तथ्यांक पनि संकलन गरिरहेको गाउँपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *