मगर समुदायको मागलाई सरकारले बेवास्ता गर्यो : अगुवा    

Facebook
X
WhatsApp
LinkedIn

पाल्पा, फाल्गुन १६

सुनिल कार्की \

आदिवासी जनजातिमध्ये पहिलो समग्रमा तेस्रो ठूलो जनसंख्या भएको मगर समुदायको मागलाई सरकारले सधैं बेवास्ता गरेको मगर समुदायका अगुवाले गुनासो गरेका छन मगर जातिको पहिचान, भाषा संस्कृतिको संरक्षण एकताका लागि राज्यले प्रभावकारी भुमिका खेल्न नसकेको भन्दै पाल्पाका मगर अगुवाहरुले राज्यले मगर समुदायलाई हेर्नुदृष्टीकोणमा परिवर्तन आउन आवश्यक रहेको बताएका हुन

मगरी कला संस्कृतिले निकै धनि रहेको पाल्पामा जिल्लामा हिजो आयोजित ४२ औं  मगर एकता दिवसको अवसरमा भएका विभिन्न कार्यक्रममा यस समुदायका सरोकारवालले दुखेसो पोखेका छन मगर जातिको अधिकार अस्तित्वको रक्षाको लागि एकजुट भएर लागेको सम्झन अर्थात मगर संघको स्थापनाको अवसरमा प्रत्येक वर्ष फागुन १५ गते यो दिवस मनाइँदै आइएको

 

हरेक वर्ष विश्वभरी छरिएका मगरहरुले अत्यन्त हर्ष उललस, उमंग जोशका साथ मगर दिवस धुमधामले मनाउने गर्छन मगरहरुको आधाभन्दा बढी जनसंख्या भए पनि परम्परागत कला संस्कृति दिनहुँ हराउँदै गएपनि संरगण जर्गेन गर्न तीन तहकै सरकारले खास पहल नगरेको आरोप समेत लगाएका छन दिवसका सन्दर्भमा लोपउन्मूख मगर समुदायमा प्रचलित सालैजो, झ्याउरे, कौडा लगायतका लोकसंस्कृतिको जर्गेर्न, मगरभाषा, तथा साँस्कृतिक ऐतिहासिक पक्ष, रीतिरिवाज रहनसहनबारे चर्चा चलेपनि नितिगत पहल हुन नसकेको मगर समुदायका जानकार गम बहादुर थापा मगरले बताउनुभयो  नेपालका प्रथम सहिद भनिने लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने लगायतका माग राख्दै आए पनि अहिले सम्म सुनवाइ नभएको उहाँको भनाई

५२ प्रतिशत भन्दा बढी मगर समुदायको बसोबास रहेको पाल्पामा मातृभाषा नै संकटमा परेको

 

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्