रविको रवैया विरुद्ध एकमना हुँदै कांग्रेस

Facebook
X
WhatsApp
LinkedIn

२७ चैत, काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेले सहकारीको रकम अपचलनमा मुछिएको मुद्दालाई उठाउँदै गर्दा पार्टी भित्र दुई धार छैन भन्ने सन्देश दिन खोजेको छ ।

सहकारी प्रकरणमा गृहमन्त्री लामिछाने माथि अनुसन्धान गर्ने गरी संसदीय छानबिन समिति गठनको मागलाई पार्टीभित्र एकमतले निर्णय गरिएको छ । ६ चैतमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहमन्त्री लामिछानेलाई ‘क्लिन चिट’ दिएपछि त्यसप्रति असन्तुष्टि जनाउँदै संसदीय छानबिन समितिको माग गर्दै आएको छ । त्यस यता बसेका सबै बैठकमा संसदीय छानविन समितिको माग कांग्रेसले निरन्तर उठाउँदै आएको छ ।

संसदमा संसदीय छानविन समितिको आवाज उठाउँदै गर्दा सभापति पक्षधर गृहमन्त्री लामिछानेलाई चिढ्याउन नहुने मनस्थितिमा रहेको आशंका उठेका थिए । सभापति देउवा भावी सत्ता समीकरणका लागि राष्ट्रिय स्वतन्त्र पार्टीलाई टाढा राख्न नचाहेको चर्चा हुँदै आएको थियो । नेता शेखर कोइराला र महामन्त्री गगन थापा छानबिन समितिको अडानमा रहिरहँदा उनीहरुलाई अर्को पक्षको सक्रिय साथ नरहेको टिप्पणी हुँदै आएको थियो । संयोग पनि त्यस्तै परेको थियो, तीन दिनका बैठकमा लगातार शेखर–गगन पक्षका सांसदले छानविन समितिको मागको म’द्दा उठाउन समय लिएका थिए । तीन दिनमा सांसदहरु क्रमशः सञ्जय गौतम, प्रतिमा गौतम र रामकृष्ण यादव बोलेका थिए ।

छानविन समितिको मागका पक्षमा पार्टी भित्र दुई धार देखिएको भनी विगतमा भएका आशंका सभापति शेरबहादुुर देउवाले मंगलबार निवारण गरेका छन् । संसदीय दलको बैठकमा बोल्ने क्रममा सभापति देउवाले सहकारीको ठगीमा एक पछि अर्को प्रमाणहरु आएको बताएका थिए । प्रमाणका आधारमा रहेर सांसदहरुलाई सदनमा प्रस्तुत हुन उनले निर्देशन दिएका थिए ।

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्