२७ चैत, काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गरेपछि टेलिकम सेवा प्रदायक कम्पनीहरू प्रभावित भएका छन् । टेलिकम कम्पनीहरूको दाबी पत्याउने हो भने टिकटक बन्द भएको ५ महिनामा मात्रै ३ अर्ब रूपैयाँ बराबरको आय गुमेको छ ।
सामाजिक सद्भाव बिगारेको भन्दै सरकारले गत कात्तिक २७ गते टिकटक बन्द गर्ने निर्णयको थियो । मंगलबार प्रविधि पत्रकार मञ्च (टीजेएफ)ले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै एनसेलका लिगल तथा रेगुलेटरी अफिसर विशाल उपाध्यायले कात्तिकसम्म नेपालमा सबैभन्दा धेरै चल्ने सामाजिक सञ्जाल टिकटक नै थियो।
उनका अनुसार सोही अनुपातमा नेपाल टेलिकमले पनि टिकटकबाट आउने डेढ अर्ब रुपैयाँ आम्दानी गुमाएको छ । उपाध्यायले सरकारकै नीतिगत व्यस्थाका कारण एनसेलले पछिल्लो ६ वर्षमा १३ अर्ब रुपैयाँ आम्दानी गुमाएको दाबी पनि उनले गरे।