केरा बिक्रि गर्न बुटवल झरेका बलालको दुर्घटनामा परि मृत्यु

Facebook
X
WhatsApp
LinkedIn

पाल्पा,सुनिल कार्की ।
पाल्पाको तिनाउ गाउँपालिका २ सिसखोलामा ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ । दोभान कचल सडक खण्डमा भएको दुर्घटनामा मोटरसाइकल चालक रैनादेवी छहरा गाउँपालिका ७ जुठापौवाका जग बहादुर बलालको मृत्यु भएको हो ।

मोटरसाईकलमा केरा लिएर बिक्रिको लागि बुटवल जाँदै गरेका बलालको घटनास्थलमै मृत्यु भएको पुर्व वडा अध्यक्ष राजेश श्रेष्ठले जानकारी दिनुभयो । मृतक ४५ वर्षीय बलालको शवलाई पोष्टमार्टमको लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको छ । दुर्घटनाको बारेमा थप अनुशन्धान भईरहेको दोभान प्रहरी चौकी पाल्पाले जनाएको छ ।

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्