खेलमा खेलाडीको हौशला थप्न बगनासकालीमा अध्यक्ष प्रतियोगिता

Facebook
X
WhatsApp
LinkedIn

पाल्पा, सुनिल कार्की ।
बढ्दो वैदेशिक पलायनका कारण धरापमा परेको खेल क्षेत्रको जर्गेनाको लागि पाल्पाको बगनासकालि गाउँपालिकाले अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु गरेको छ । पुरुष र महिला भलिबल प्रतियोगिताको आयोजना गरिएको हो ।

युवा तथा खेलकुद विकास समिति बगनासकालीको आयोजनामा भएको प्रतियोगिताको विजेता टिमलाई पुरस्कार वितरण गदै प्रमुख अतिथी बगनासकाली गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठकले युवाहरुको आर्कषण खेलकुद भएको बताउदै समाजले युवाहरुलाइ आसा र भरोसा गरेको बताउनु भएको छ । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बदीनाथ लम्साल,बगनासकाली गाउँपालिकाका प्रवक्ता टीकाबहादुर थापा लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

माघ ५ र ६ गते भएको प्रतियोगितामा बगनासकाली ७ खानीगाउँलाई २—० को सोझो सेटमा पराजित गदै बगनासकाली ६ यम्घाले उपाधि हात पार्यो भने खानीछापले तेश्रो स्थान हात पार्यो । प्रतियोगितामा प्रथम दोस्रो र तेस्रो हुने टमिलाई क्रमश २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार मेडल ट्रफी र प्रमाण पत्र प्रदान गरिएको थियो । पालिका स्तरीय अध्यक्ष कप पुरुष र महिला भलिबल प्रतियोगितामा पुरुष ८ र महिला ६ टिम सहभागी भएका थिए ।

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्