April 28, 2024

गुुल्मी, माघ १० \

नेपाली काँग्रेस गुल्मीले सडक र पुल निर्माणका विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । काँग्रेसले गुल्मी जिल्लाको रुद्रवेणी–वामीटक्सार सडक निर्माण, सडक स्तरउन्नति र ठाउँ–ठाउँमा पुल निर्माण गर्ने कार्य समयमा नभएकाले त्यस क्षेत्रका आम जनताहरु समस्यामा परेको भन्दै सडक डिभिजन कार्यालय पाल्पालाई ध्यानाकर्षण गराएको हो ।

बुुुधबार पार्टी सचिव जगदीश भट्टराई, काँग्रेस क्षेत्र नं. १ का क्षेत्रीय सभापति पारिश्वर ढकालले संयुक्त रुपमा सडक डिभिजन कार्यालय पाल्पाका डिभिजन प्रमुख इं.बाबुराम सापकोटालाई सडक र पुल निर्माणका विषयमा ध्यानाकर्षण पत्र बुझाएका हुन् । उनीहरुले कार्यालयमै गएर डिभिजन प्रमुख सापकोटालाई रुद्रवेणी–वामीटक्सार सडक निर्माण, सडक स्तरउन्नति र ठाउँ–ठाउँमा पुल निर्माण गर्ने कार्य रोकिएका कारण सडक अस्तव्यस्त हुुनुुको साथै पुल नहुँदा स्थानीयले सास्ती खेप्नुु परेकाले तत्काल काम अगाडि बढाउनका लागि विभागमा पहल गरिदिन भन्दै ध्यानाकर्षण पत्र बुझाएका छन् । रुद्रवेणी–वामीटक्सार हुँदै ढोरपाटनसम्मको सडक यस क्षेत्रकै सबैभन्दा धेरै सवारी र मालवाहक यातायातका साधनहरु चल्ने पुरानो सडक भएकाले प्रत्येक वर्ष बजेट परेर ठेक्का समेत हुुने तर निर्माण कार्य समयमा नहुँदा जनताले सास्ति भोग्नु परेको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

रुद्रवेणी–वामीटक्सार सडक अन्तर्गत विभिन्न ठाउँहरुमा गएका पहिराहरु र कज्बेहरुको समयमा मर्मत सम्भार नहुँदा कठिनाई भएकाले तत्काल काम अगाडि बढाई दिन पार्टी सचिव जगदीश भट्टराईले डिभिजन प्रमुख सापकोटालाई आग्रह गरे । उनले रुद्रवेणी–वामीटक्सार सडक अन्तर्गत बादरे पहिरो, जोहाङ्ग–खैरेनी बजारको साघुरो बाटोको बैकल्पिक व्यवस्थाका लागि आवश्यकता अनुसार पहल गरी कार्यान्वयन गर्न पनि माग गरेका छन् । यस्तै सो सडक खण्डा अन्तर्गतको नादेवा खोला, डहरे खोला, भार्से खोला, गेदी खोलामा पक्की पुल निर्माणको लागि ठेक्का भइसकेको तर काम समयमा सुरु नभएका कारण समस्या भएकाले सो तत्काल गर्नु÷गराउनुहुन क्षेत्रीय सभापति ढकालले डिभिजन प्रमुखसँग आग्रह गरे । उनले सिंचाई अन्तर्गत रहेको कुलोका लागि सडक डिभिजन कार्यालयले समेत समन्वय गरिदिन आवश्यक रहेको बताए । क्षेत्रीय सभापति ढकालले स्थलगत अवलोकन गरेरै भए पनि यथाशक्य छिटो काम अगाडि बढाउन डिभिजन प्रमुख सापकोटालाई आग्रह गरे । ध्यानाकर्षण पत्र बुझ्दै डिभिजन प्रमुख सापकोटाले सडक र पुल निर्माणका विषयमा भएको ध्यानाकर्षणलाई आफुले सक्दो पहल गर्ने बताए । उनले ति योजनाहरुको स्थलगत अवलोकनपछि मात्र कामका बारे बोल्ने पत्रकारलाई प्रतिक्रिया दिए ।

ध्यानाकर्षण पत्र बुुझाउन पार्टी सचिव भट्टराई, क्षेत्रीय सभापति ढकालसहित स्थानीय, राजनीतिक दलका प्रतिनिधिहरुको समेत सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *