May 3, 2024

पाल्पा,माघ ०९  \सुनिल कार्की \
स्थानीयतहको संस्थागत क्षमता स्वमूल्याङ्कनको नतिजामा पाल्पा जिल्लामा बगनासकाली गाउँपालिका प्रथम भएको छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अन्तिम रुप दिई सार्वजनिक भएको स्वमूल्याङ्कनमा पाल्पा जिल्ला तर्फ बगनासकाली गाउँपालिकाले आर्थिक वर्ष २०७९\८० मा ८८.५ प्रतिशत सहित प्रथम स्थान लिएको छ ।

                                                         

 

 शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक वजेट तथा योजना, वित्तिय एवम् आर्थिक, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद व्यवस्थापन, सहकार्य र समन्वय गरी दशवटा मुख्य सूचकहरु र यसका अतिरिक्त अन्य एकसयवटा सहायक सूचकहरुको आधारमा स्वमूल्याङ्कन हुने गर्दछ । बगनासकाली गाउँपालिकाले आर्थिक वर्ष २०७९।८० मा यी सूचकहरुको आधारमा ८८ दशमलव ५ प्रतिशत प्राप्त गरेको हो ।

जिल्लाको रम्भा गाउँपालिको ८६, तानसेन नगरपालिकाको ८३, रामपुर नगरपालिकाको ८०.२५, तिनाउ गाउँपालिकाको ७५, रैनादेवी छहरा गाउँपालिकाको ७४.५, निस्दी र रिब्दीकोट गाउँपालिकाको ७४.२५, पूर्वखोला गाउँपालिकाको ६०.७५ प्रतिशत अंक प्राप्त गरेको उल्लेख गरेको छ । माथागढी गाउँपालिकाको लिजामा अंक उल्लेख भएको छैन् यद्यपी ७५ दशमलव ५ प्रतिशत दावी गरिएको प्रमुख प्रशाशकीय अधिकृत रामप्रसाद घिमिरेले बताउनुभयो ।

स्थानीयतह सस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि २०७७ अनुसार प्रत्येक स्थानीय तहहरुले आर्थिक वर्षको पौष मसान्तभित्रमा लिजामा उल्लेख भएको सूचकहरुको आधारमा आवश्यक कागजातहरु सहित आ आफ्नो स्वमूल्याङ्कन पेश गर्नुपर्ने हुन्छ । स्थानीय तहहरुले पठाएको कागजातको आधारमा मन्त्रालयले अन्तिम अंक प्राप्त गर्नेगर्दछ । स्थानीयतहको सवल र दुर्वल पक्ष पत्ता लगाई विकास र सुशासनमा कमीकमजोरी सच्याउन स्थानीयतह सस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) लाई प्रयोग गर्ने गरिएको छ ।

 

स्थानीयतह सस्थागत क्षमता स्वमूल्याङ्कनमा स्थिती सुधार गर्दै बगनासकाली स्थानीयतह सस्थागत क्षमता स्वमूल्याङ्कनमा बगानसकाली गाउँपालिकाले आफ्नो स्थिती सुधार गरेको छ । आर्थिक वर्ष २०७७।७८ मा ५४.११ प्रतिशत मात्र प्राप्त गरेको थियो त्यस्तै आर्थिक वर्ष २०७८।७९ मा ६४.३६ मात्र अंक प्राप्त गरेको थियो ।

आर्थिक वर्ष २०७९।८० मा सूचकहरुमा सुधार गरी ८८.५ अंक सहित प्रथम स्थान हासिल गरेको हो । गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीले अघिल्लो आर्थिक वर्ष जसरी नै काम गर्ने बताउदै गाउँपालिकाले सबै सूचकहरुलाई ध्यान दिएर काम गरेको उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *