पाल्पा,माघ २५ ।
मुस्ताङ जिल्लाको इलाका प्रहरी कार्यालय लेते र प्रहरी चौकी कोबाङ बाट खाटि गएको प्रहरी टोलीले थासाङ गाउँपालिका वार्ड नं ५ टिटिमा अन्दाजी ४ हजार बोट अबैध गाँजा फडानी गरि नष्ट गरेको छ ।
टिटि ताल घुम्न जाने युवा युवतीहरु सो ताल नजिक सार्बजानिक स्थानमा आफै उम्रिएको गाजा सेवन गर्नकै लागि ताल घुम्न जाने गरेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले सो गाँजा नष्ट गरेको हो । यस अघि पनि माघ २१ गते पनि सोही संख्यामा सोही स्थानमा खटिएको प्रहरी टोलीले करिब ४ रोपनी सार्वजनिक जग्गामा आफै उम्रिएको गाजा फडानी गरि नष्ट गरेको थियो । आगामी दिनमा गाजा उम्रिने बेलामा नै प्रहरी टोलि परिचालन गरि नष्ट गरिने योजना जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायब उपरिक्षक भोजराज पाण्डेले बनाउनुभयो ।
समाजमा युवा युवतीबीच बढर्दै गैरहेको लागू औषधको दुव्र्यसनीलाई न्यूनीकरण गर्नको लागि फागुन महिनाको सुरुवात सँगै विद्यालय संचालन हुनासाथ जिल्लाको सबै विद्यालयमा लागू औषध सचेतना कार्यक्रम पनि संचालन गरिने जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।