कृषिमा प्रोत्साहान गर्न बगनासकालीमा पालिकास्तरिय कृषि प्रदशनी

Facebook
X
WhatsApp
LinkedIn

पाल्पा, सुनिल कार्की ।
पाल्पाको बगनासकाली गाउँपालिकाले कृषिमा प्रोत्साहान गर्न कृषि प्रदशनी मेला आयोजना गरेको छ ।
कृषकलाई कृषि प्रति स्वस्थ प्रतिस्पर्धा सहित उनिहरुको हौशला बढाउन मेलाको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । मेलाको उद्घाटन गर्दै कालीगण्डकी गाउँपालिका स्याङ्जाका अध्यक्ष एवं गाउँपालिका महासंघ नेपालका महासचिव खिमबहादुर थापाले पालिकाले गरेको कृषि प्रर्दशनी र उत्कृष्ट किसानहरुको छनौट तथा सम्मानले किसानहरुमा उत्साह बढ्ने बताउनुभयो ।

उहाँले बाँदरको बढ्दो समस्यालाई समाधानका लागि पालिका महासंघले सरकार र संसदलाइ निरन्तर झक्झक्याएको बताउँदै यसको नियन्त्रणका लागि कानुन संशोधन हुनुपर्ने जिकिर गर्नुभयो बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीले पालिकाले गत वर्ष वडा वडामा प्रदर्शनी गरेको र यस वर्ष पालिका स्तरीय गरेको उल्लेख गर्दै कृषि क्षेत्रको विकासमा पालिका निरन्तर अघि बढेको बताउनुभयो ।कार्यक्रममा बगनासकाली गाउँपालिकाका निवर्तमान अध्यक्ष कृष्णप्रसाद बस्याल, बगनासकाली गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठक, कृषि ज्ञान केन्द्रका पाल्पाका सन्तोषकुमार चौधरी, अगुवा कृषक रणप्रताप खाडलगायतले किसानले उत्पादन गरेका स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न मेलामा प्रतियोगितात्मक कृषि प्रर्दशनले विशेष भूमिका खेल्ने बताउनुभयो ।

बगनासकाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रिनाथ लम्सालले गाउँपालिकाको प्रमुख आधार कृषि भएको उल्लेख गर्दैै कृषिलाई व्यवसायीकीकरणमा ध्यान दिएको र आगामी दिनमा समेत प्रर्दशनीलाई निरन्तरता दिने बताउनु भयो ।
कार्यक्रममा विभिन्न ६ विधाका कृषि उपजसहित १ सय २६ जना कृषक सहभागी रहेका थिए । ६ वटै विधाका प्रथम दोस्रो, तेस्रो र सान्तवना हुनलाइ प्रमाणपत्र सहित क्रमशः ५ हजार, ३ हजार ५ सय,२ हजार र १ हजार प्रदान गरिएको थियो ।

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्