April 28, 2024

पाल्पा,सुनिल कार्की \
नेकपा एमाले पाल्पाले पाल्पा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा निर्वाचनका लागि ठाकुर गैरेलाई उमेदवारको रूपमा सिफारिस गरेको छ ।
आइतबार बसेको एमाले क्षेत्रीय कमिटीको बैठकले एकल उमेदवारका रूपमा गैरेलाई सिफारिस गर्ने निर्णय गरेको क्षेत्रीय कमिटी अध्यक्ष चिरञ्जीवी पोखरेलले जानकारी दिए । उनका अनुसार यो निर्णय अब जिल्ला कमिटीको बैठकमा पेश हुनेछ ।
को हुन गैरै
विद्यार्थी संगठन अनेरास्वीयूबाट पाटीको राजनितिमा होमिएका गैरै अनेरास्वीयूका पूर्व अध्यक्ष समेत हुन । पाल्पाको साविक बराङदी गाविस अहिले बगनासकालि गाउँपालिका ८ बराङदीमा घर भएका गैरैले विद्यार्थी राजनिति पाल्पाबाटै सुरु गरेका थिए । हाल पाटी राजनितिमा उनि नेकपा एमाले पोलिटव्यूरो सदस्य तथा पाल्पा जिल्ला इन्चार्जको जिम्मेवारीमा छन ।
गत प्रतिनिधि सभा निर्वाचनमा यस क्षेत्रमा एमालेबाट सोमप्रसाद पाण्डेले जितेका थिए । पाण्डे अहिले नेकपा एकीकृत समाजवादीमा छन । उनि समाजवादीबाट नै क्षेत्र नं २ मा सिफारिस भैसकेका छन । अब पाल्पामा गैरै र पाण्डे बीच चुनावी प्रतिस्पर्धा हुने निश्चित जस्तै भएको छ ।

पाल्पा क्षेत्र १ मा आचार्य सिफारिस

पाल्पा क्षेत्र नं १ को प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि नारायण प्रसाद आचार्य सिफासिर भएका छन । आचार्यको एकल नाम सिफारिस गरिएको नेकपा एमाले पाटी जिल्ला सचिव रामजी पोखरेलले जानकारी दिनुभयो । लुम्बिनी प्रदेश सभा सदस्य समेत रहेका आचार्य यस अघिको प्रदेश सभामा पाल्पा क्षेत्र नं १ (ख) बाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए । जिल्लाको साविक रिङग्नेरह गाविस हाल पूर्वखोला गाउँपालिकाको रिङग्नेरहमा जन्मीएका आचार्यले एमाले पाल्पाको राजनितिमा लोकप्रिय नेताको छवि बनाएका छन ।
एमाले पाल्पाको निर्वतमान जिल्ला अध्यक्ष समेत रहेका आचार्यले स्थानिय तह निर्वाचन २०७९ मा आफ्नो निर्वाचन क्षेत्रको केही पालिकामा कांग्रेसको गड भत्काएर एमालेका उम्मेद्धवारलाई जिताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *