May 6, 2024

पाल्पा,२१ भदौं ।
सुनिल कार्की ।
पाल्पाको तानसेनमा घर बनाउने क्रममा एक व्यक्तिको करेन्ट लागेर मृत्यु भएको छ । खोटाङ जिल्लाको जेन्तेढुङ्गा गाउँपालिका ३ स्थायी घर भई हाल तानसेन नगरपालिका वडा १ गैरागाउँमा ज्याला मजदुरीमा काम गर्दै आएका ३४ वर्षिय महेश राईको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार तानसेन नगरपालिका ४ सिल्खानटोलमा बस्ने झविन्द्र देवकोटाको घर बनाउने क्रममा अचानक करेन्ट लागेर राई घाइते भएका थिए । उनको उपचारको क्रममा यूनाईटेड मिसन अस्पताल तानसेनमा मृत्यु भएको थियो ।
घटना बारे थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

Converted document
Converted document
Converted document

Leave a Reply

Your email address will not be published. Required fields are marked *