शाइन रेसुङ्गाको वित्तीय साक्षरता

Facebook
X
WhatsApp
LinkedIn

पाल्पा,सुनिल कार्की \
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक पाल्पा शाखाले विद्यार्थीहरुलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम गरेको छ । सामाजिक संस्थागत उत्तरदायित्व अन्तर्गत बैंकले जिल्लाको माथागढी गाउँपालिका १ चिदीपानीमा रहेको सौभाग्य माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय साक्षरता कार्यक्रम गरेको हो ।

कार्यक्रममा रेसुङ्गा डेभलपमेण्ट बैंक पाल्पा शाखाका प्रबन्धक उपेन्द्र बस्यालले विद्यार्थीहरुलाई बैंकको महत्व, दैनिक जीवनमा बैंकिङ कारोबारका फाइदाहरु, भविष्यको योजना, बैंकबाट प्राप्त गरिने सेवा, सुविधा, बचत र यसका फाइदाहरु, कर्जा लिने प्रक्रिया, बैंकिङ क्षेत्रको विस्तारले अर्थतन्त्रमा पारेको प्रभाव लगायतका विषयमा विद्यार्थीहरुलाई जानकारी गराउनुभएकोे थियो ।

समयमै बैंकले विद्यार्थीलाई वित्तीय जानकारी दिएकोमा विद्यालयले खुसी व्यक्त गरेको छ । विद्यालय उमेरदेखि नै बालबालिकालाई वित्तीय ज्ञान, सीप अर्थात वित्तीय शिक्षा आवश्यक रहेकाले विद्यार्थीहरुमा वित्तीय जागरण गराउने उद्देश्यले बैंकले जिल्लामा साक्षरता कार्यक्रम गर्दै आएको छ । घरमा वित्तीय विषयका बारेमा छलफल नहुने र विद्यालयमा समेत वित्तीय ज्ञान,सीपका बारेमा नपढाइने भएकाले विद्यार्थीहरुमा वित्तीय साक्षरता आवश्यक रहेकाले विद्यालयहरुमा वित्तीय साक्षरता कार्यक्रम गरिएको बैंकले जनाएको छ ।


८४ वटा शाखा कार्यालय रहेको बैंकको, एक वटा एक्सटेन्सन काउन्टर र १६ वटा एटीएम मार्फत बैंकिङ्ग सेवा प्रवाह गर्दै आइरहेको छ । बैंकको लुम्बिनी प्रदेशमा मात्र ७१ वटा शाखा कार्यालयहरु रहेका छन ।

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्