May 2, 2024

पाल्पा, मंसिर १÷

जिल्लाको रिव्दीकोट, रैनादेवी छहरा र तिनाउ गाउँपालिकाका विभिन्न वडाहरुमा प्रदेश सभा सदस्य पदका उम्मेदवार तुलाराम घर्ती बसन्तले पचास करोड भन्दा बढीको काम गरेका छन् । उनले पहिलो पटक निर्वाचित भएपछि पाँच वर्षको अवधिमा यस क्षेत्रमा सडक, सिंचाई, यातायात, पूर्वाधार, रोजगारी, स्वास्थ्य, पशुपालन, युवा स्वरोजगार लगायतका क्षेत्रमा प्रदेश सरकारबाट बजेट समेत विनियोजन गरे  ।


पाँच वर्षको अवधिमा रिब्दीकोटमा आव २०७५÷०७६ मा एक करोड ९५ लाख बरावरको बजेट विनियोजन गरेका घर्तीले आर्थिक वर्ष २०७६÷०७७ मा २ करोड ५९ लाख, आव. २०७७।०७८ मा ३ करोड ५३ लाख बराबरको बजेट व्यवस्थापन गरे । यस्तै आर्थिक वर्ष २०७८÷०७९ मा एक करोड ६० लाख बराबरको बजेट विनियोजन गरे  । यस्तै आर्थिक वर्ष २०७९÷८० मा एक करोडको बजेट विनियोजन भएको छ ।
यस्तै रैनादेवी छहरामा आव २०७५÷०७६ मा एक करोड ५४ लाख बरावरको बजेट विनियोजन गरेका उनले आर्थिक वर्ष २०७६÷०७७ मा ७ करोड ७३ लाख, आव. २०७७÷०७८ मा २ करोड २१ लाख बराबरको बजेट व्यवस्थापन गरे ।यस्तै आर्थिक वर्ष २०७८÷०७९ मा एक करोड ६० लाख बराबरको बजेट विनियोजन गरेका घर्तीले  आर्थिक वर्ष २०७९÷०८० मा ५० लाखको बजेट विनियोजन गरेका छन् ।


तिनाउ गाउँपालिकामा  आव २०७५÷०७६ मा ६ करोड २४ लाख बरावरको बजेट विनियोजन गरे  । यस्तै उनले आर्थिक वर्ष २०७६÷०७७ मा १५ करोड ७७ लाख, आव. २०७७÷०७८ मा ३ करोड ३० लाख बराबरको बजेट व्यवस्थापन गरे । यस्तै आर्थिक वर्ष २०७८÷०७९ मा एक करोड ८० लाख बराबरको बजेट विनियोजन गरेका छन् । यस्तै आर्थिक वर्ष २०७९÷०८० मा १ करोड ५० लाखको बजेट विनियोजन भएको छ । यसरी समग्र रिव्दीकोट, रैनादेवी छहरा र तिनाउ गाउँपालिकाको सडक, कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, सिंचाई, खानेपानी लगायतका क्षेत्रमा स्थानीय जनताको माग र आवश्यकताको आधारमा बजेट विनियोजन गरेको निवर्तमान प्रदेश सभा सदस्य तथा पाल्पा क्षेत्र नं. (२) २ का प्रदेश सभाका उम्मेदवार घर्तीले जानकारी दिए । उनले पाँच वर्षको अवधिमा आफूले गरेको विकासका पहल र संसदमा खेलेको नीति नियम निर्माणलाई आधार मानेर जनताले पुनः मतदान गर्ने र जनताको बाचा र प्रतिवद्धतालाई आत्मसाथ गर्दै आफ्नो क्षेत्रको समग्र विकासमा हातेमालो गर्ने समेत बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *