April 20, 2024

पाल्पा, मंसिर १÷

नेकपा एकिकृत समाजवादीका लुम्बिनी प्रदेश अध्यक्ष सोमप्रसाद पाण्डेय सबैभन्दा धेरै पटक काठमाडौं पाल्पा आउने जाने गर्ने नेतामा पर्छन् । जनताका साना साना सुख दुखमा भेट्न घरमै पुग्ने नेता पाण्डेय अहिले पाल्पा क्षेत्र नं. २ मा प्रतिनीधिसभा सदस्य पदका उम्मेदवार बनेका छन् । पाण्डेय गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका हुन् । पाँच पटकसम्म नेकपा एमालेबाट उम्मेदवार बनेका पाण्डेय चार पटक विजयी भएका छन् । २०६४ सालको निर्वाचनमा उनी नेकपा माओवादी केन्द्र की लिला सोमैसँंग पराजित भएका थिए । उम्मेदवार पाण्डेयलाई अहिले गठबन्धनको साथ रहेको छ । गठबन्धन भित्र रहेका दलहरुका नेताहरुले अहिले जसरी पनि पाण्डेयलाई विजयी बनाउने प्रण गरेका  छन् ।


अहिले पाण्डेयलाई जिताउँदा पाल्पाको सिंगो गठबन्धनले जित्ने गठबन्धनका नेताहरुको बुझाई छ । बर्षौदेखी एमालेले विरासतको रुपमा राखेको पाल्पा २ लाई तोड्न अहिले सहज रहेको गठबन्धनका एक नेताले बताए । सबैसँग व्यक्तिगत रुपमा सम्बन्ध राम्रो बनाउन सक्ने खुबी भएका नेता पाण्डेलाई धेरैजसो विपक्षी दलका नेता कार्यकर्ताले पनि मतदान गर्ने निश्चित छ । लामो समयसम्म एमालेमा रहेका पाण्डेयले एमालेकै धेरै मत व्यक्तिगत रुपमा तान्ने छन् । पाण्डेय धेरैलाई व्यक्तिगत रुपमा चिन्ने र प्रत्यक्ष सम्बन्धमा रहने नेताका रुपमा परिचित छन् । नेता पाण्डेयले पाल्पाली जनताका लागि योजना र काम गर्ने क्रममा एक महिनामै एघार पटकसम्म काठमाडौं पाल्पा आवत–जावत गर्ने गरेको बताए । ‘सबैभन्दा धेरै पटक काठमाडौं पाल्पा गर्ने नेतामा म पर्छु । निर्वाचन जित्दा पनि हार्दा पनी म सधै जनताकै प्रतिनिधी बनेको छु ।’ नेता पाण्डेयले भने,–‘म पार्टीका नेता, कार्यकर्तासंगै व्यक्तिगत रुपमा जनताको सुख दुखमा साथ दिने व्यक्ति हुँ । म पाल्पाका ३० हजार भन्दा धेरै व्यक्तिसंग प्रत्यक्ष सम्पर्कमा छु । सबैले मलाई मतदान गर्ने बाचा गर्नुभएको छ । त्यसैले मेरो जित सुनिश्चित छ ।’ पाल्पामा २०५१ सालदेखी सांसदको भूूमिकामा रहँदा विकास निर्माणका हरेका योजनामा सक्रिय सहभागिता जनाएका पाण्डेयले सबै दलसँग सहकार्य गर्ने गरेका छन् । ‘हाम्रो मुख्य राजनीतिक शत्रु नेकपा एमाले हो ।’ नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष कमल पाण्डेले भने, ‘संविधान विरुद्ध कदम चाल्ने र मास्ने काम गर्न खोज्ने एमालेका विरुद्ध हामी एकजुट भएका हौं ।’ पाल्पाको विकासका लागि हिजो, आज र भोली विकास गर्ने भनेकै सोम प्रसाद पाण्डेय र गठबन्धन दल रहेको नेता पाण्डेयले बताए ।


पूर्वउद्योगमन्त्री समेत भइसकेका पाण्डेय २०२७ सालमा तत्कालीन नेकपा मालेबाट राजनीतिक जीवनको आरम्भ गरेको पाण्डेय २०३१ मा गाउँ कमिटी सदस्य हुँदै २०३९ मा इलाका कमिटी सदस्य, २०५० सालदेखि २०६५ सम्म जिल्ला कमिटिमा आबद्ध थिए । २०६६ देखि २०७० सम्म नेकपा राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य भएका पाण्डेय २०७१ नेकपा एमालेको केन्द्रीय सदस्य भएका हुन ।  अहिले  उनले  पाल्पाको पर्यटकीय केन्द्र, शिक्षाको हब, स्वास्थ्यका क्षेत्रमा गर्ने काम, सडक स्तरोन्नति, सिद्धबाबा सडक, पर्यटकीयक्षेत्रलाई विकास गर्ने, खानेपानीलगायतका क्षेत्रमा गर्न सकिने कामलाई प्राथमिकता दिएर अघि बढेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *