April 25, 2024

पाल्पा, मंसिर १÷

२०७४ को प्रदेश सभा सदस्यको निर्वाचनमा समानुपातिकतर्फबाट प्रदेश सांसदमा निर्वाचित वीरबहादुर रानाले सांसद भएकै दिनदेखि पाल्पालाई समृद्ध र उज्यालो बनाउने अठोट गरेका थिए । सांसदको भूमिकामा रहेदेखि नै पाल्पा र पाल्पावासीको समृद्धी र विकासमा अहोरात्र खटेका राना प्रदेशमा शंकर पोखरेल नेतृत्वको सरकार ढलेसँगै कूूल प्रसाद केसी नेतृत्वको गठबन्धन सरकारको उर्जा जलस्रोत तथा सिचाइँ मन्त्री बनेका  राना निरन्तर लागि परेका छन् ।


अहिले मंसिर ४ गते हुने प्रदेश सभाको निर्वाचनमा पाल्पा क्षेत्र नम्बर २ ‘१’ सत्ता गठबन्धनबाट नेपाली काँग्रेसको उम्मेदवार बनेका छन् । लुम्बिीनी प्रदेशको मुख्यमन्त्रीको रुपमा समेत सम्भावना बोकेका रानाले पाल्पालाई समृद्धि र उज्यालो बनाउन पुनः प्रदेश सांसदमा उम्मेदवारी दिएका हुुन् । उनले चुनावी अभियानका क्रममा मतदाताहरुसँग मत माग्दै जनताको अवस्था बदल्न र उज्यालो  पाल्पा र प्रदेश बनाउन जनताको सेवक भएर राजनीतिमा लागेको बताउदै आएका छन् । हिजोका दिनमा पनि जनताकै दुःख, सुखमासँगै रहेको र भोलिका दिनमा पनि जनताकै सेवक बनेर हिँड्न चाहेको उनले बताए । रानाले  सिंगो लुम्बिनी प्रदेश र पाल्पालाई उज्यालो बनाउने आफ्नो लक्ष्य रहेको बताउँदै आएका छन् । जनताको अवस्था बदल्न र उज्यालो प्रदेश बनाउन भ्रष्ट प्रवृत्तिको अन्त्य गर्नुपर्ने धारणा उनको छ । भ्रष्ट्राचार अन्त्य नगरेसम्म मुलुक बनाउन सकिँदैन मन्त्री रानाले भने, ‘भ्रष्टाचारीको मूलजरो उखेल्न मंसिर ४ मा हुने निर्वाचनमा गठबन्धनले जित्न नै पर्नेछ ।’ भ्रष्टहरुलाई ठेगान लगाउन पाल्पावासीले साथ दिनुपर्छ उनले भने । सिद्धबाबा सडकको समस्या समाधान, कालीगण्डकी करिडोर, माडी चक्रपथ साथै झुम्सा–कचल, सालझण्डी–सुन्दरढुंगा, रामपुर–तानसेन–छहरा सडक स्तरोन्नती, तानसेनका बासिन्दालाई स्वच्छ खानेपानी उपलब्ध गराउने, कृषि तथा पशुपालनमा आधुनिकीकरण, व्यवसायीकरण, सिंचाइमा सुधार गर्ने, यहाँका धार्मिक तथा पर्यटकीय स्थलकहरुको विकास गर्दै पाल्पालाई विकासोन्मुख बनाउन सधैँ लागिरहने मन्त्री रानाले बताए । सधैँ जनताको घरदैलोमा पुग्ने र जनताको सेवक बन्न आफू फेरी उम्मेदवार बनेर आएको उनले मतदातालाई विश्वास दिलाए । विकास सम्भव छ, गर्न सकिने रहेछ भन्ने सन्देश दिन चाहन्छु मन्त्री रानाले भने, ‘देश र जनताको सेवा गर्न राजनीतिमा लागेको र यसमा साथ पाल्पावासी जनताको हुनुपर्छ ।’ बोलेर, ढाँटेर भन्दा पनि गरेर पाल्पालाई उज्यालो बनाउने छु उनले भने । रानाले आफु सांसद र मन्त्री भइसकेपछि पाल्पाको कृषि, शिक्षा, सडक र पूर्वाधारका क्षेत्रमा उल्लेखिय काम गरेको र केही महत्वपूर्ण योजनाहरु अगाडि बढेकाले ति योजना पुरा गर्नका लागि पनि आम मतदाताले सहयोग गर्न आग्रह गरे । उनले संघीयतामा प्रदेश बलियो हुने व्यवस्था भएपनि दल र दलका नेताहरुको कार्यशैली नसुध्रिदाँ प्रदेश र संघीयताप्रति नै वितृष्णा पैदा भएको बताए ।

तर, पनि राजनैतिक दलको विकल्प नभएकोले यो निर्वाचनमा योग्य र दक्ष व्यक्ति चयन गर्न आम मतदातालाई उनले आग्रह गरेका छन् ।उनको अघिल्लो कार्यकालमा २०३८ सालबाट शुरु भएर अलपत्र परेको कचल सिँचाईं फाट आयोजनाको पूर्णताले किसानको दैनिकी नै सुधारिएको छ । त्यस्तै, उनले पाल्पामा सिँचाईं बिस्तार र ग्रामिण सडकलाई बाह्रै महिना नियमित चल्ने गरी आफ्नो योजना अगाडि सारेका छन् । २०४५ देखि राजनीतिक यात्रा सुरु गरेका राना तरुणदलदेखि नेपाली काँग्रेसको क्षेत्रिय सभापति, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, पार्टी जिल्ला सह–सचिव हुँदै जिल्ला सभापति भएका थिए । राना नेपाली काँग्रेसको १२ महाधिवेशनबाट निर्वाचित जिल्ला सभापति बनेका थिए भने १३ औं महाधिवेशनमा सर्वसहमत रुपमा पुनः पार्टी सभापतिको जिम्मेवारी सम्हालेका थिए । दुुई सफल कार्यकाल पार्टी सभापतिको जिम्मेवारी सम्हालेका राना अहिले  २०७० सालको आमनिर्वाचनमा पाल्पा क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सांसदको उम्मेदवारी बनेका थिए । उनी तत्कालिन एमालेका सोमप्रसाद पाण्डेयसँग झिनो मतको अन्तरले पराजित भएका थिए । त्यसपछि २०७४ को निर्वाचनमा लुम्बिनी प्रदेशमा समानुपातिक तर्फबाट उम्मेदवारी दिएका राना भारी मतले प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *