May 1, 2024

पाल्पा, कार्तिक १९ \

वाम– लोकतान्त्रिक गठबन्धन पाल्पाका संयोजक तथा नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले पाल्पामा गठबन्धनका कुनै पनि उम्मेदवारले चुनाव हार्न नहुने बताएका छन् । शनिबार तानसेनमा महिला भेलालाई सम्बोधन गर्दै संयोजक श्रेष्ठले सत्तामा पुगेर मन्त्री बन्नका लागि नभएर  पाल्पा र समग्र मुलुकको विकास र समृद्धिका लागि गठबन्धनका उम्मेदवारह?ले जित्नै पर्ने बताएका हुन् ।

उनले महिला, युवा, अशक्तह?को हितका लागि गठबन्धन दल एक मात्र विकल्पको ?पमा रहेको बताए । श्रेष्ठले भने ‘ महिला, युवा, अशक्तह?को हितसँगै गठबन्धनको काँधमा सशक्त र समुन्नत नेपाल बनाउने जिम्मेवारी रहेको छ ,त्यसैले पनि गठबन्धनका उम्मेदवारले जित्नुको विकल्प छैन् ।’ महिलाका हक अधिकारका  क्षेत्रमा  गठबन्धनले विगतमा थुप्रै काम गर्दै आएको र अगामी दिनमा पनि गर्दै जाने भएकाले गठबन्धनका उम्मेदवारलाई विजयी बनाउने दिशामा लाग्न सबै महिलाह?लाई सभापति श्रेष्ठले आग्रह गरे ।

प्रदेश सभा क्षेत्र नं २ (१) का उम्मेदवार, नेपाली काँग्रेस पाल्पाका निवर्तमान सभापति तथा लुम्बिनी प्रदेशका उर्जा जलस्रोत तथा सिंचाई मन्त्री वीरबहादुर रानाले गठबन्धनसित जनताले ठूलो आशा र भरोसा राखेकाले पनि गठबन्धनका उम्मेदवारले जित्नै पर्ने बताए । ‘नेपालको सामाजिक, आर्थिक शैक्षिक सबै क्षेत्रमा आमुल परिवर्तन गरी नेपाललाई विकसित मुलुकको ?पमा ?पन्तरण गर्नु परेको छ,’ उनले भने, ‘यसैका लागि गठबन्धन गर्नु परेको हो । मुलुकलाई विकसित र समृद्ध बनाउन यो गठबन्धनले संकल्प गरेको छ ।’ उनले व्यक्तिगत स्वार्थका लागि जनतालाई दिग्भ्रमित नपार्न एमालेलाई चेतावनी समेत दिए ।

उनले पाल्पाको विकासमा आफूले जनताको हरेक सुख, दुखमा साथ दिएका कारण पनि यसपाली संक्रमणकालिन अवस्थामा आफूले जित्नै पर्ने  बताए ।  उनले विपक्षी नेताह?सँग कुनै एजेन्डा नभएपछि जनतालाई दिग्भ्रमित गर्ने खालको काम गर्ने गरेकाले त्यस्ता भ्रममा नपर्न सबै मतदताह?लाई आग्रह समेत गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *