May 1, 2024

पाल्पा, कार्तिक १९

नेपाली काँग्रेसका केन्द्रीय सदस्य हरीप्रसाद नेपालले एमालेले तीस वर्षमा गर्न नसकेका काम गठबन्धन सरकारले एक वर्षमा गरेको बताएका छन् । जिल्लाको रैनादेवी छहरा र तिनाउको वडा नं १ कचलको गठबन्धनको घरदैलो कार्यक्रम पछिको कोण सभालाई सम्बोधन गर्दै उनले एमालेले तीस वर्षदेखि जितेर काम गर्न नसकेको कचल फाँट सिंचाई आयोजना गठबन्धन सरकारको पालामा सम्पन्न भएको बताएका हुन् । उनले ३० वर्षदेखि एमालेबाट वडा अध्यक्ष र गाविस अध्यक्ष भएर सिन्को भाँच्न नसकेका मान्छे फेरी उम्मेद्वारी बनेको भन्दै उनलाई पराजित गराउन आम मतदाताहरुलाई आग्रह गरे ।


पाल्पा क्षेत्र नं ।२ प्रतिनिधि सभा गठबन्धनका साझा उम्मेद्वार सोमप्रसाद पाण्डेयले तिनाउ १ कचलमा रहेका ढुली उदांग, कचल, ओखलढुंगा क्षेत्रमा सडक र पर्यटनको विकासमा आफ्नो ध्यान जाने बताए । पाण्डेयले आफू यस क्षेत्रको सांसदको रुपमा निर्वाचित भएपछि कचल फाँटको सिंचाइ आयोजना सम्पन्न गर्नमा बजेट निकासासँगै आफूले विशेष पहल गरेको बताए । उनले माथिल्लो क्षेत्रबाट नेपाने, जुठापौवा सालझण्डी बाटो पिच गर्ने, सत्यवती लिफ्ट खानेपानी आयोजना सञ्चालन गर्ने, जुठापौवा, चहला, रानीबगिया, झिंगामारा हुँदै ठूलीउदाङ सडकको स्तरउन्नती गर्ने, यस क्षेत्रमा रहेको पर्यटकीय क्षेत्रहरुको विकास गर्ने धारणा व्यक्त गरे । यस्तै यस क्षेत्रमा कृषि र पशुपालन व्यवसायको प्रचुर संभावना रहेकाले युवा स्वरोजगार र समृद्धिका लागि यस क्षेत्रमा विकासको लागि आफूले ध्यान दिने पाण्डेले बताए । उनले अहिलेको गठबन्धन भनेको संविधान सभाबाट निर्माण गरिएको लोकतान्त्रिक संविधानको रक्षा र कार्यान्वयनको लागि गरिएकाले गठबन्धनलाई ढुक्क भएर मत दिन समेत मतदाताहरुलाई आग्रह गरे ।


गठबन्धनका प्रदेश सभा ९२० २ का उम्मेद्वार तुलाराम घर्ती मगरले तिनाउको कचल, ओखलढुंगा, ठूलीउदांग लगायतको क्षेत्रको विकासका लागि आफू प्रदेश सांसद हुँदा धेरै बजेट विनियोजन गरेको बताए । आफुले ल्याएका योजना र थप विकासका लागि पुनः उम्मेद्वारी दिएकाले सबैले मत दिन घर्ती मतदातालाई आग्रह गरे ।
कार्यक्रममा नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य राजनप्रसाद पन्त, माओवादीकेन्द्रका नेताहरु नेत्र प्रसाद पाण्डेय, अनिलकिशोर घिमिरे, राजेन्द्र विश्कर्मा, चक्रव्यूह थापा, एकिकृत समाजवादीका केन्द्रीय सदस्य यादव बहादुर रायमाझी, समानुपातिका उम्मेदवार अशोक कुुमार शाही, नरमती सिंजाली, जनमोर्चाका अध्यक्ष विशाल दर्लामी लगायतले गठबन्धनको विजयीको लागि सबैको हातेमालो आवश्यक रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *