May 1, 2024

काठमाडौं । काठमाडौंबाट रुकुम जाँदै गएको बस त्रिशूलीमा खसेको छ । बस त्रिशूली नदीमा खसे पनि अहिलेसम्म मानवीय क्षतिको कुनै विवरण नआएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । घाइतेहरूलाई प्रहरीको गाडी र एम्बुलेन्सबाट अस्पताल लगिँदै गरेको प्रहरीले नेपाल प्रेसलाई बतायो ।

बस नदीमा खसे पनि नडुबेका कारण मानवीय क्षतिको सम्भावना न्यून रहेको प्रहरीले जनाएको छ । विस्तृत विवरण आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *