April 27, 2024

पाल्पा,कात्तिक १७ ।
अनावश्यक झुटो भ्रमको विस्तार गरेको भन्दै नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले एमाले उम्मेदवारलाई सचेत गराउनुभएको छ । प्रतिनिधिसभा सदस्य र प्रदेश सभामा कांग्रेसको उम्मेदवार नरहेको भन्दै भ्रम फैलाएको भन्दै कुप्रचार नगरी अन्यपाटीका उम्मेदवार विरुद्ध नबोल्न आग्रह गर्नुभएको हो ।
नेकपा एमालेका उम्मेदवार ठाकुर गैरेले पाल्पा क्षेत्र नं २ को प्रतिनिधि सभामा कांग्रेसको उम्मेदवार नभएको भन्दै एक टेलिभिजन संवाद मार्फत भोट मागेका थिए ।
सभापति श्रेष्ठले मुलक अहिले गठबन्धनमय भएको भन्दै गठबन्धनको आवश्यकता र मतदाताको अपेक्षा अनुसार उम्मेदवार रहेको बताउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *