April 28, 2024

पाल्पा,कात्तिक १७ ।

पाल्पा क्षेत्र नं २ प्रतिनिधि सभा सदस्यका उम्मेदवार सोमप्रसाद पाण्डेले पश्चिम पाल्पाले अबको ५ वर्षमा काचुली फेर्ने बताउनुभएको छ । सडक,विद्युत,सञ्चार र खानेपानिको समस्या तत्काल समाधान गरेर पश्चिम पाल्पालाई सुविधा सम्पन्न बनाउने बताउुभयो । पश्चिम पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको बल्ढेङगेढी र सत्यवतीका स्थानियलाई भेट्न घरदैलोमा पुग्नुभएको पाण्डेले पश्चिमका नागरिकले अब विजुली र खानेपानिका साथै सञ्चारको राम्रो सुविधा उपयोग गर्न पाउने बताउनुभयो ।

गठबन्धनको सरकार बन्ने बित्तिकै पश्चिममा फोरजी नेपाल टेलिकमको उच्च स्तरको टावर निर्माण गर्ने,सालझण्डी सुन्दरे ढुंगाा मोटरबाटो तत्तकाल काम सम्पन्न गरि कालोपत्रे हुन बाँकी ठाउँमा कालोपत्रे गर्ने,जोगदमार–बुढीदमार हुँदै सत्यवती जोड्ने सडकलाई बाह्ै महिना सञ्चालन हुन मिल्ने गरि स्तारउन्नती गर्ने,इगुरीया –लौधापानि मोटरबाटोलाई ग्राभेलिङ गर्ने,बल्ढेगगेढी दरबारको गुरुयोजना बनाई यसको संरक्षण र पर्यटकीय गन्तब्यको रुपमा विकास गर्ने,कृषिमा यहाँका जनतालाई ब्यवसायिक बनाउने,खानेपानिका योजना सम्पन्न गरि एकघर एकधार अभियानलाई सार्थक बनाउने,स्वास्थ्य सेवाबाट बञ्चित यहाँका जनतालाई सर्वशुलभ स्वास्थ्य सेवा दिन स्वास्थ्य चौकिमा डाक्टर सहितका तालिम प्राप्त स्वास्थ्यकर्मीको ब्यवस्थापन गरी १५ शैयाको अस्पतालको निर्माण अबको एक वर्ष भित्रै बनाउने उल्लेख गर्नुभएको छ ।

मंसिर ४ को चुनाव पछि पनि गठबन्धनको सरकार बन्ने भएकाले पाल्पाको सम्रग विकासमा आफुटेले कुनै कसुर बाँकी नराख्ने बताउनुभएको छ । यस पटक कलम चुनाव चिन्हमा मतदान गरि अध्याधि बहुमतले आफुले जित्नेमा कुनै शंका नरहेको भन्दै राम्रो मन्त्रालय लिएर आफु मन्त्री बनी पश्चिम पाल्पाका मतदाताको सपना विपनामा परिणत गर्ने बताउनुभएको छ ।

साथै संविधानको रक्षा र मुलुकको अवको विकास गठबन्धन सरकारले मात्र गर्न सक्ने भएकाले गठबन्धन निकट जिल्लाका उम्मेदवारलाई जिताउन अपिल समेत गर्नुभएको छ । घरदैलो कार्यक्तममा मतदातको स्वस्फुर्ता सहभागिता रहेको थियो । यस पनि सोम पाण्डेलाई कलम चुनाव चिन्हमा मतदान गरि जिताएर दोस्रो पटक मन्त्री बनाउने सपना आफुले देखेको पश्चिम पाल्पालीले प्रतिक्रिया दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *