April 27, 2024

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ सवार गाडी दुर्घटनामा परेको छ।

शुक्रबार चुनाव प्रचारका क्रममा स्याङ्जाको गल्याङ बटुवामा गाडी दुर्घटनामा परेको हो।

उपसभापति गुरुङले गाडी नालीमा खसेको र सबैजना सुरक्षित रहेको जानकारी दिए। उनले यसलाई सामान्य दुर्घटना भनेका छन्।

‘सामन्य दुर्घटनाः कालिगण्डकी–६ इम्सिलको कार्यक्रमबाट फर्कने क्रममा गल्याङ बटुवामा सामन्य दुर्घटना। हामी सबै सुरक्षित छौं,’ गुरुङले ट्विटमा भनेका छन्।

एक वर्षअघि पनि गुरुङ सवार गाडी सामान्य दुर्घटनामा परेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *