May 2, 2024

पाल्पा,चैत्र २२ ।
सुनिल कार्की ।

पाल्पाको पश्चिम भेगमा रहेको रैनादेवी छहरा गाउँपालिकाको ६ नं वडाको गुहारठानामा ृहत पशु स्वास्थ्य तथा परजिवी नियन्त्रण शिविर सम्पन्न भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाल्पाको आयोजनामा पशु स्वास्थ्य तथा परजिवी नियन्त्रण शिविर सञ्चलान भएको हो ।

शिविरमा गाउँपालिकाका तर्फबाट कार्यवाहक अध्यक्ष देवेन्द्र पुन र प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद तिमिल्सिनाको उपस्थिति रहेको थियो । शिविरले छहराका पशुपालक किसालाई ठुलो राहात मिलेको स्थानिय पशुपालक कृषक विष्णु थापाले बताउनुभयो । जुका माटे देखि सामान्य पशुमा जटिलता देखिन साथ रुपन्देही जिल्लामा झर्न बाध्य यस भेगका पशुपालक किसानलाई निकै ठुलो राहत मिलेको प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद तिमिल्सिनाको भनाई छ ।

शिविरबाट यस भेगका दुई सय भन्दा बढी सेवाग्राही लाभवान्वीत भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाल्पाका प्रमुख दुर्गा प्रसाद खानलले बताउनुभयो । शिविरमा पशु विरामी भएको थाहा पाउने तारिक, सामान्य प्राथमिक उपचार शैली, जुका माटे र भिटामिन लगायतको औषाधी पशुपालक किसानलाई प्रदान गरिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *