May 3, 2024

पाल्पा,चैत्र २६ ।
सुनिल कार्की ।
पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको लोकप्रिय कार्यक्रम उपाध्यक्षसँग युवा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । गाउँपालिकाले उपाध्यक्षसँग युवा कार्यक्रम अन्तर्गत १ महिने मिनी टिलर र कम्बाइन्ड मिल मर्मत तालिम प्रदान समेत गरेको छ ।

एक विशेष समारोहका बीच गाउँपालिका उपाध्यक्ष युवराज थापाको अध्यक्षता, गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराईको प्रमुख आतिथ्यता, निमित्त प्रमुख प्रशासकीय अधिकृत लिलामणि बश्याल, आर्थिक विकास समितिका संयोजक प्रदिप पौडेल, १ नं वडाध्यक्ष सोम बहादुर दर्लामीको आतिथ्यतामा कार्यक्रम सञ्चालन भएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य कृषि शाखा प्रमुख सिर्जना थापाले दिनुभएको थियो र सञ्चालन ना.प्रा.स। गणेश खत्रीले गर्नुभएको थियो । तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमुख अतिथि रुक्माङ्गत भट्टराई, कार्यक्रमका अध्यक्ष युवराज थापा लगायतले प्रमाण पत्र तथा मर्मत गर्न आवश्यक पर्ने मेशिनरी टुल सेट पनि प्रदान गरिएको थियो । तालिमले गाउँघरमा कृषिमा लागेकालाई निकै सहज हुने भएको छ । कृषि उपकारणमा समस्या आउँदा सदरमुकाम तानसेन,बुटवल मर्मतको लागि पठाउनु पर्ने बाध्यताको अन्तय हुने अपेक्षा तालिमा सहभागिले लिएका छन । कृषको कृषि कर्ममा निकै खर्चिलो बन्दै गएको मिनिटिर मर्मत कार्य अब भने गाउँघरमै कम खर्चमा हुने गाउँपालिका अध्याक्ष रुक्मांगत भट्टराईले बताउनुभयो ।


यसै गरि गाउँपालिका उपाध्यक्ष युवराज थापाका अनुसार उपाध्यक्ष सँग युवा कार्यक्रम एक युवा मैत्री कार्यक्रम भएकोले यसले गाउँघरमा बेरोजगार बसेका युवालाई निकै फाइदा पुगेको बताउनुभयो ।

                          यस्तै निमित्त प्रमुख प्रशासकिय अधिकृत लिलामणी बस्यालका अनुसार निकै फलदायि बनेको यस कार्यक्रमले युवालाई गाउँमै टिकाउन र बिकाउन निकै सहज भएको भन्दै गाउँघरमै बसेर केही गर्छु भन्ने युवाका निमित्त प्रभावकारी बनेको बताउनुभयो ।

 

उक्ता तालिममा रैनादेवी छहराका ८ वटै वडा २० जना भन्दा बढी युवा दाजुभाईहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *