ओम चाबहिल डेण्टल हस्पिटल कोटेश्वर शाखामा, माघ महिनाभरी नि: शुल्क दन्त परिक्षण

Facebook
X
WhatsApp
LinkedIn

काठमाडौं ।

ओम चाबहिल डेण्टल हस्पिटल कोटेश्वर शाखा दोस्रो वर्ष पूरा गरि तेस्रो वर्षमा प्रवेश गरेको छ । ओम चाबहिल डेण्टल हस्पिटल कोटेश्वर शाखाले दोस्रो वर्ष पूरा गरेको अवसरमा कोटेश्वर शाखाबाट माघ महिनाभरी विशेष छुटमा दन्त उपचार गर्ने जनाएको छ । हस्पिटलका संचालक कृष्ण घिमिरेले यस अवसरमा निः शुल्क दन्त परिक्षण गरिने जानकारी दिए । ‘सुन्दर मुस्कानको लागि स्वस्थ दाँत’ भन्ने नाराका साथ २०७५ सालमा चाबहिल चोकमा स्थापना भएको ओम चाबहिल डेण्टल हस्पिटलले स्थापनाकाे तीन वर्षपछी आफ्नो सेवा विस्तारको क्रममा २०७८ सालमा कोटेश्वरमा शाखा विस्तार गरेको थियो । केही समयमै नै दोस्रो शाखाको रूपमा मधेश प्रदेशको बर्दिबासमा खोल्ने तयारी रहेको संचालक घिमिरेले बताए । ओम चाबहिल डेण्टल हस्पिटलले स्थापना कालदेखी नै देशको सुगम देखी दुर्गम क्षेत्रमा नि: शुल्क दन्त परिक्षण शिविरहरु संचालन गर्दै आएको छ । आगामी दिनमा पनि यसले निरन्तरता पाउने घिमिरेले बताए । उनलेे आफ्नो सेवालाई थप सुलभ र परिष्कृत बनाउदै लाने पनि बताए ।

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्