May 10, 2024

पाल्पा \

पश्चिम क्षेत्रकै शैक्षिक धरोहरको रूपमा रहेको त्रिभुवन बहुमुखी क्यापस तानसेन पाल्पाले विविध बिधामा रहि अन्तर संकाय खेलकुद प्रतियोगिता सञ्चालन गर्ने हुने भएको छ । प्रतियोगिता त्रिभुवन बहुमुखी क्याम्पस अन्तर्गत बिबिए र बिबिएमको समन्वय सञ्चालन हुनेछ ।

सोमबार क्याम्पसमा बसेको बैठकको निर्णय अनुसार क्रिकेट,ब्याडमिन्टन,फुटबल,टेबल टेनिस र डेड लिफ्ट गरि इन्डोर र आउटडोर कार्यक्रम गरिने विद्यार्थी कल्याण प्रमुख पुुस्कर आर्चायले जानकारी दिनुभयो । कार्यक्रमका प्रमुख अतिथि क्यापस प्रमुख टंक प्रसाद भट्टराईले त्रिभुवन बहुमुखी क्यापसको ऐतिहासिक शैक्षिक सस्थामा रहेको बताउनुभयो । पश्चिम क्षेत्रकै शैक्षिक धरोहरको रूपमा रहेको क्याम्पसमा स्तक तह देखि स्तान्कोतर सम्म अध्ययन,अध्यापन गराउदै आएको बताउनुभयो । विभिन्न संकायका अध्ययन हुने क्याम्पसबाट उत्पादित विद्यार्थीहरू अध्ययन पश्चात् निजि देखि अन्य क्षेत्रमा अध्ययन गराउन एवम स्वरोजार बनाउन सफल भएको बताउनुभयो । विद्यार्थीको सर्वोत्तम विकासको लागि पढाई मात्रै सबै कुरा नभइ अतिरिक्त क्रियाकलाप आवश्यक छ ।

Converted document

सोही अनुरूप विभिन्न विधामा कार्यक्रम गर्ने बताउनुभयो । विद्यार्थीको सबै भन्दा ठुलो कुरा अनुशासन रहेकोले खेलाडीहरूले अनुशासित र मर्यादित रूपमा रहि खेलकुद सहभागी हुन आर्गह गर्नुभएको छ । खेलकुदले शारीरिक स्वाच्छनता कायम गर्नुको साथै व्यक्तित्ब एवम नेतृत्व विकासमा टेवा पुर्याउने भएकोले क्याम्पसले विविध विषयमा रहि ५ किसिमका खेलकुद प्रतियोगिता आयोजना गर्न लागेको बताउनुभयो । कार्यक्रममा मानवीय संकायका कृष्ण कार्की,व्यवस्थापन संकायका श्री चन्द्र शाक्य, विद्यार्थी कल्याण प्रमुख पुष्कर आर्चाय लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा त्रिभुवन बहुमुखी क्याम्पस अन्तर्गत अध्ययन हुने बि एड,बिबि एस,बिए,बिबि एम,बिबिए,बिएस ईका विद्यार्थीहरू सहभागी हुनेछन । प्रतियोगितामा बिजयी टिमले सिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । कार्यक्रम बिबि एम ७ औँ सेमेस्टरका विद्यार्थी सुजित थापा क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Converted document
Converted document
Converted document

Leave a Reply

Your email address will not be published. Required fields are marked *