April 28, 2024

हरितालिका तीज अवसरमा पाल्पाली समाज पोखराले पाल्पाली चेलीहरुलाई सम्मान गरेको छ । समाजले शनिबार आयोजना गरेको तीजको शुभकामना एवं चेलीबेटी भेटघाटमा अधिवक्ता माधवी पाण्डे र इन्दिरा कँडेललाई सम्मान गरेको हो ।

पाल्पाको रामपुर–१० मुल घर भएकी अधिक्ता माधवी पाण्डेय समाजका पूर्व कानुनी सल्लाहकार हुनुहुन्छ । यस्तै, पाल्पाको निस्दी गाउँपालिका ५ मूल घर भएकी कँडेल समाजको पूर्व कार्यसमिति सदस्यमा समेत रहनु भएको थियो । उनीहरुले विभिन्न उपसमितिमा रहेर संस्थाको विकासमा गरेको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।

यसैगरी, समाजको गतिविधि प्रचारमा संचार क्षेत्रबाट योगदान गरेकोमा पाल्पाको तानसेन–१४ घर भएका पत्रकार अनिता घिमिरे (चन्द्रिका) लाई गत चैतमा सम्मान गरिएकोमा शनिबार सम्मानपत्र हस्तान्तरण गरिएको थियो । कार्यक्रमबीच, मिस नेपाल २०२२ की सेकेण्ड रनर अप हुन सफल रामपुरका टुगा रानामगरलाई पनि सम्मान गरिएको थियो ।

समाजका अध्यक्ष रेशम रचक थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष बालचन्द्र परियारको स्वागत र महासचिव केशव नेपालको संचालनमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *