April 29, 2024

पाल्पा, सामाजिक सेवामा क्रियाशिल रहेका पाल्पाका लायन्स क्लव र रोट्रयाक क्लवहरुले ऐतिहासिक भगवती जात्रा हेर्न आउनेहरुका लागि पानी सहयोग गरेका छन् । शनिबार भगवती जात्रा हेर्न आएका जात्रालुहरुलाई लायन्स क्लव अफ पाल्पा, लियो क्लव अफ पाल्पा दोस्रो, लियो क्लव अफ एलएमसी र रोट्रयाक क्लव अफ पाल्पा तानसेनले तानसेनको हुलाकचोकमा निः शुल्क पानी वितरण गरेका थिए ।

दुर्गादेवी श्रेष्ठको स्मृतिमा छोरा विनस श्रेष्ठको सौजन्यमा लायन्स क्लव र त्यस अन्गर्तका क्लवले सर्वत पानी वितरण गरेका छन् । विगतका वर्षहरुमा जस्तै गाउँ गाउँबाट जात्रा हेर्न आउनेहरुलाई टन्टलापुर गर्मीमा प्यास मेटाउनका लागि निःशुल्क पानी वितरण गरिएको लायन्स क्लव अफ पाल्पाकी अध्यक्ष सिता बस्नेतले बताईन् । उनका अनुसार ३ हजार भन्दा बढी जात्रालुहरुले सर्वत पानी लिएका छन् । सामाजिक सेवा अन्तर्गत जात्रालुहरुलाई हरेक वर्ष जात्राको अवसरमा निःशूल्क पानी वितरण गरिदै आइएको क्लवकी सेवा संयोजक रमा पन्तले एनजेडीलाई जानकारी दिइन् ।
यस्तै रोट्रयाक क्लव अफ पाल्पा तानसेनले पनि जात्रालुहरुका लागि पानी र मास्क वितरण गरेको छ । उसले पनि निःशुल्क रुपमा पानी र मास्क वितरण गरेको क्लवका पूर्व अध्यक्ष उपेन्द्र बस्यालले बताए । उनका अनुसार हजारौं जात्रालुहरुलाई पानी र मास्क वितरण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *