May 1, 2024

नेपाली कांग्रेस पाल्पाका उपसभापति एवं पाल्पा क्षेत्र नं. १ का गठबन्धनका साझा उम्मेद्वार ज्ञान बहादुर गाहा सहितको टोलीले रम्भा गाउँपालिकाका विभिन्न वडामा घरदैलो सहित ठाउँ–ठाउँमा चुनावी सभा गरेको छ । प्रचार प्रसार संगै फक्सिङ्गकोटमा भएको चुनावी सभालाई सम्बोधन गर्दै उम्मेदवार गाहाले परिवर्तनसंगै पाल्पाको क्षेत्र नं. १ को समग्र विकासको लागि गठबन्धनलाई जिताउन सबै मतदताहरुलाई आग्रह गरेका छन् । उनले विगत २८ वर्ष देखि लगातार नेकपा एमालेले जित्दै आए पनि जनताले अनुभव गर्ने गरी परिवर्तन हुन नसकेको भन्दै जनताले चाहे अनुसारको विकासको लागि अब परिवर्तनको खाँचो रहेको बताए । गाहाले कालीगण्डकी हामी सबैको सम्पदा रहेको भन्दै डाईभर्सन रोक्न र नदीको संरक्षणका लागि आफु प्रतिवद्ध भएर लाख्ने समेत बताए ।गाहाले क्षेत्रका अन्य पूर्वाधारहरु संगै हुँगी पन्टार ताहुँ सडकको स्तरोन्नती गर्ने, प्रत्येक पालिकाको केन्द्रसम्म पुग्ने पक्की बाटो निर्माण गर्ने, कालीगण्डकी करिडोर सँगको पहुँच मार्ग निर्माण गर्ने घोषणा गरे । गाहाले खानेपानीको अभाव भएका स्थानमा लिफ्टिीङ्ग मार्फत पानीको प्रवन्ध मिलाउने, कृषिको अधुनिकिकरण र युवालाई स्वरोजगार बनाउन पहल गर्नेसमेत बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका समानुपातिक उम्मेद्वार सन्दिप रानाले यहाँरहेका रिमिघा लेक लगाएत पर्यटकिय स्थलको प्रवद्र्धन तथा मौलिक संस्कृतिको जगेर्ना गरी पर्यटन प्रवद्र्धनमा जोड दिने बताए । उनले जनतालाई आर्थिक रुपमा सक्षम बनाउन होमस्टे तथा व्यवसायिक कृषिको लागि उपयुक्त नीति तथा कार्यक्रम ल्याउने समेत प्रतिवद्धता व्यक्त गरे । पाल्पा क्षेत्र नं. १ का प्रदेश २ का उम्मेदवार शंकर खनालले युवालाई गाउँमै बस्ने वातावरण तयार गर्ने, कृषिको आधुनिकिकरण गर्ने, व्यावसायिक पशुपालन संगै वनलाई उत्पादनसंग जोड्न एग्रो फरेस्ट्री कार्यक्रम सञ्चालन गर्ने घोषणा बताए । कार्यक्रममा नेकपा एकिकृत समाजवादीका जिल्ला कमिटी सदस्य दुर्गा प्रसाद अधिकारीले संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धनले जित्नु आवश्यक रहेको औल्याए । अधिकारीले निर्वाचनमा मत बदर हुन नदिन मतदाता शिक्षाका लागि सक्रिय भएर लाग्न समेत सबैलाई आग्रह गरे । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि दान बहादुर पछाईले गठबन्धनको आवश्यकताको बारेमा प्रकाश पारेका थिए । यता प्रतिनिधि सभा क्षेत्र नं. १ प्रदेश १ का उम्मेद्वार श्यामकान्त खनालले रामपुर नगरपालिकाका विभिन्न वडा र टोलहरुमा घरदैलो गरेका छन् । जनताको घरदैलोमा पुगेर खनालले विकसित गाउँ, समृद्ध शहर निर्माणको लागि आफु निर्वाचनमा होमिएको बताएका छन् । उनले अब परिवर्तनका लागि सोच्ने समय आएको बताउँदै युवाहरुलाई गाउँमै स्वरोजगार बनाउन र गाउँको विकासको लागि योजनाहरु अघि बढाउने बताए ।
–न्यूूज डेस्क

Leave a Reply

Your email address will not be published. Required fields are marked *