May 2, 2024

पाल्पा, कार्तिक २५÷
पाल्पा क्षेत्र नं २ का वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले तानसेन नगरपालिका –१० तेल्घामा रहेको गुफाचौरलाई धार्मिक तथा पर्यटकीयस्थल बनाउने बताएका छन् । उनीहरुले विहीबार तेल्घामा युवाभेला तथा घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै गुफाचौर आफैमा धार्मिक तथा पर्यटकीयस्थल भएकाले निर्वाचनपछि बन्ने गठबन्धनको सरकारले त्यसको गुुरु योजना बनाएर धार्मिक तथा पर्यटकीयस्थल बनाउने बताएका हुन् ।

पाल्पा क्षेत्र नं. २ प्रतिनिधि सभा गठबन्धनका साझा उम्मेदवार तथा नेकपा एकिकृत समाजवादीका पोलिटव्यूरो सदस्य सोम प्रसाद पाण्डेयले गुफाचौर धार्मिक र पर्यटकीय हिसावले अत्यन्त ऐतिहासिक र महत्व बोकेको क्षेत्र भएकाले यसको विकास र विस्तारमा आफुुले ध्यान दिने बताए । पूर्व उद्योग मन्त्री समेत रहेका पाण्डेयले तानसेन–गुफाचौर सडकको पिच गर्ने कामलाई निर्वाचनपछि गरिने समेत प्रतिवद्धता व्यक्त गरेका छन् । उनले समाज र राष्ट्रको समृद्धि र विकास गठबन्धनले मात्र गर्न सक्ने भन्दै त्यसका लागि मसिंर ४ को निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह समेत गरे ।

प्रदेश सभा क्षेत्र नं २ (१) का उम्मेदवार, नेपाली काँग्रेस पाल्पाका निवर्तमान सभापति तथा लुम्बिनी प्रदेशका उर्जा जलस्रोत तथा सिंचाई मन्त्री वीरबहादुर रानाले पनि गुुफाचौरलाई धार्मिक र पर्यटनसँग जोड्ने गरी आफुले केही योजनाहरु बनाएको बताए । रानाले निर्वाचनपछि प्रदेशमा बन्ने गठबन्धन सरकारले ऐतिहासिक गुफाचौरलाई पर्यटकीय र धार्मिक गन्तव्यको रुपमा विकास गर्ने समेत बताए । उनले आफुु निर्वाचित भएपछि बाँसटारी, सुनडाँडा गुफाचौर बाटोको स्तरन्नोति गरिने, बाँसटारी,गणसाल, सेतीपोखरी, तानसेन सडक समेत पिच गर्ने प्रतिवद्धता व्यक्त गरे । रानाले आफुु प्रदेश सांसद् र मन्त्रि भइसकेपछि यहाँका सिचाई, कृषि, विद्युत, खानेपानी लगायतका क्षेत्रमा थुप्रै काम गरिसकेको र केही क्षेत्रमा योजनाहरु सञ्चालनमै रहेकाले ति योजनाहरु पुरा गर्ने गरी आफु पुनः प्रदेश सदस्यमा उम्मेदवारी दिएको बताए ।

प्रदेश सभा पाल्पा (२) २ का उम्मेद्वार तुलाराम घर्ती मगरले विहिबार भुवनपोखरी , रैनादेवी छहरा लगायतका क्षेत्रमा घरदैलोसँगै आयोजित सभालाई सम्बाधेन गर्दै रैनादेवी र भुवपोखरी क्षेत्रलाई पर्यटकीय गतव्यको रुपमा विकास गर्ने अठोट गरेका छन् । उनले मतदाताहरुसँग यहाँ थुप्रै हेर्न र घुम्न लायक स्थानहरु रहेकाले त्यसको विकास र विस्तार गरी पर्यटनको केन्द्र बनाउने दिशामा आफुु लाग्ने उद्घोष गरे । घर्तीले यस क्षेत्रको पर्यटन र कृषिको विकासका लागि गठबन्धनका उम्मेदवारलाई विजयी गराउन समेत मतदाताहरुलाई आग्रह गरे ।


तानसेनको तेल्घामा भएको कार्यक्रममा गठबन्धन पाल्पाका संयोजक तथा नेपाली काँग्रेसका सभापति हिमालदत्त श्रेष्ठ , काँग्रेस नेता माधव नेपाल, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य अनिल किशोर घिमिरे,एकिकृत समाजवादीका जिल्ला सचिव मोहन गैरे,एकिकृत समाजवादीका समानुपातिक उम्मेदवार अशोक कुमार शाही लगायतले आफूहरुले प्रतिवद्धता गरेका अनुसारका काम गर्न यसपाली गठबन्धनका उम्मेदवारहरुलाई मत दिन आग्रह गरे । उनीहरुले एमालेका उम्मेदवारलाई २०७४ सालमा मत दिएर पटक–पटक संसद विघटन गरेर जनमत खेर गएको भन्दै फेरी पनि मत खेर नजाला भनेर भन्न नसकिने भएकाले सबै मतदाताहरु सचेत रहन समेत आग्रह गरे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *