April 27, 2024

पाल्पा, कार्तिक १७÷ पाल्पाका वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले निर्वाचनपछि गठबन्धन नेतृत्वमा बन्ने सरकारले भ्रष्टाचार नियन्त्रण गरी सुुशासन कायम गर्ने बताएका छन् । मतदाताहरुको घर घरमा पुुगेर उनीहरुले गठबन्धन दलले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न अत्यन्त गम्भीर रहेको र यसमा कुनै किसिमको शङ्का नगर्न आग्रह गरेका हुन् ।
पाल्पा क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार एवं नेकपा एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डेयले मुलुकमा सुशासन कायम गरी समृद्ध नेपाल निर्माणका लागि गठबन्धन दललाई विजयी गराउन आग्रह गरे । घरदैलो पछिको कोण सभालाई विहीबार सम्बोधन गर्दै उनले समृद्धि, सुुशासन कायम गर्नु गठबन्धनको प्राथमिकता रहेको बताए । मुलुकमा भ्रष्टचारको अन्त्य र सुुशासनका लागि पुन काँग्रेस र कम्युनिष्ट मिल्नुपर्ने अवस्था आएको भन्दै गठबन्धनको त्यसैको उपज रहेको धारणा व्यक्त गरे । केपी ओलीलाई जनताले दुई तिहाई मत दिएपनि त्यसलाई ओलीले संविधान मास्न र अस्थिरताका लागि प्रयोग गरेको पाण्डेयको दावी छ ।
यस्तै प्रदेश सभा क्षेत्र नं. २ (१) का उम्मेदवार नेपाली काँग्रेस पाल्पाका निवर्तमान सभापति तथा लुम्बिनी प्रदेशका उर्जा जलस्रोत तथा सिंचाई मन्त्री वीर बहादुर रानाले लोकतन्त्रलाई सुदृढीकरण गर्न, संविधानको रक्षा गर्न र भ्रष्टाचार नियन्त्रणका लागि आगामी निर्वाचनमा गठबन्धन दलले जित्नुपर्ने आवश्यकता औँल्याएका छन् । प्रदेश सभा क्षेत्र नं. २ (१)का विभिन्न क्षेत्रमा घरदैलोपछि गरिएका कोण सभामा बोल्दै उनले मुलुकमा विकास र समृद्धिको यात्रा पूरा गर्न गठबन्धनका उम्मेदवारले जित्नुको विकल्प नरहेको बताए ।
प्रदेश सभा क्षेत्र नं. २ (२) का उम्मेदवार नेकपा माओवादी केन्द्रका नेता तुलाराम (बसन्त) घर्तीले   रोजगारी सिर्जनाका लागि उद्योगको स्थापना, प्राविधिक शिक्षाका लागि गठबन्धनको जित आवश्यक रहेको धारणा  बताए । उनले पनि विभिन्न क्षेत्रमा पुुगी मतदाताहरुलाई भेटी यस्तो प्रतिवद्धता जनाएका छन् ।
पाल्पा क्षेत्र नं .१ मा  गठबन्धनका साझा प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली काँग्रेसका उपसभापति ज्ञानबहादुर गाहाले आफुु विजयी भएसँगै जनताको चाहना अनुसार भौतिक र मानवीय विकासमा काम गर्ने बताए । उनले पनि क्षेत्र १ का विभिन्न टोलवस्तीमा पुुगेर मतदाताहरुलाई  भौतिक र मानवीय विकासलाई सँगसँगै हिँडाएर पूर्वी पाल्पालाई अब्बल बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । त्यस्तै क्षेत्र नं.१ को प्रदेशसभा १ (क) का उम्मेदवार श्यामकान्त खनाल, १ (ख)का शंकर खनालले पनि जनताका हरेक समस्यासँग आफू अवगत रहेकाले त्यसको समाधानका लागि कटिबद्ध भएर लाग्ने बताएका छन् ।  उनीहरुले मतदाता भेटघाट कार्यक्रममा यस क्षेत्रका जनताका समस्या समाधान गर्न नै आफू उम्मेदवार बनेका बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *