बगनासकालीको सार्वजनिक सुनुवाई सेवाग्रहीलाई सहज र गुणस्तारीय सेवाको प्रतिवद्धता

Facebook
X
WhatsApp
LinkedIn

पाल्पा, माघ ३० ।
सुनिल कार्की ।
गाउँपालिकाको सेवा प्रवाह, विकास र सुशानका गतिविधिको समिक्षा गर्दै बगनासकालीको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । बगनासकाली पत्रकार समूहको सहजीकरणमा सार्वजनिक सुनवाई भएको हो । कार्यक्रममा बगनासकाली गाउँपालिका अध्यक्ष सरस्वती चिदीले आर्थिक पारदर्शीता, सुशासन सहितको सेवा प्रवाहमा जोड दिइएको दावि गर्नुभयो ।

उपाध्यक्ष हरिप्रसाद पाठकले पालिकाको समग्र विकासका साथै गुणस्तरीय सेवा प्रवाहमा ध्यान दिने बताउनु भयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बद्रिनाथ लम्सालले यो वर्ष पालिकाले गरेका कामको प्रतिवेदन प्रस्तुत गर्दै यो वर्ष २६० वटा योजना सम्झौता भइ काम भएको उल्लेख गर्नुभयो । यो अवधिमा ६० बढी योजना सम्पन्न भएको बताउदै पुजीगत तर्फ १४.४३ र चालू तर्फ ३९.९७ प्रतिशत काम सम्पन्न भएको जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा गाउँपालिकाका प्रवक्ता टीकाबहादुर थापाले सेवाग्राहीले दिएको सुझावलाइ ग्रहण गरेर अघि बढ्ने बताउनु भयो । सार्वजनिक सुनुवाई कार्यक्रमको नागरिक अभिमत र बहिर्गमनको प्रतिवेदन बगनासकाली पत्रकार समूहका सचिव दयाराज न्यौपानेले प्रस्तुत गर्नु भएको थियो । जनप्रतिनिधि, कमर्चारी, सेवाग्रही, पत्रकार तथा नागरिक समाजका प्रतिनिधिहरूको सहभागीता रहेको सार्वजनिक सुनुवाईको सहजीकरण बगनासकाली पत्रकार समूहका अध्यक्ष भोजराज तिमिल्सिना र उपाध्यक्ष नेत्र गैरेले सहजीकरण गर्नु भएको थियो ।

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्