April 29, 2024

सुनिल कार्की
पाल्पा । नेपाली सेनाले अंग्रेजलाई युद्धमा हराएको सम्झनामा पाल्पामा वीरताको प्रतिकको रुपमा सिन्दुर जात्रा गरी भगवती रथयात्रा निकालिएको छ । कोभिडका कारण विगत दुई वर्ष औपचारिकता सिमित रथ यात्रा यस पटक भने हर्सोउल्लासका साथ मनाईएको हो ।

पाल्पाली प्रशासकको रुपमा रहेका कर्णेल उजिर सिंह थापाको नेतृत्वमा नेपालले वि.सं १८७१\०७२ मा बुटवलको जीतगढीमा अंग्रेजसँंग भएको युद्धमा विजय हासिल गरेको थियो । यहि सम्झनामा वि.सं १८७७ देखी प्रत्येक बर्ष पाल्पामा विजय उत्सव मनाउन थालिएको हो ।

राष्ट्रियतासँग जोडिएको यो विजय उत्सव पछिल्लो समय स्थानिय स्तरमा मात्र मनाईदा राष्ट्रिय स्तरमा ओझेलमा परेको भन्दै यसलाई राष्ट्रिय उत्सबको रुपमा मनाउन आवश्यक रहेको रण्उजेश्वरी भगवती गुठी ब्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष भिमसेन कार्कीले बताउनुभयो ।

बुटवलको जितगढी किल्लालाई अंग्रेजको हातमा पर्न नदिन कर्णेल उजिर सिहं थापाले युद्धमा विजयी भएमा भगवतीको मन्दिर बनाई सिन्दुरजात्रा निकाली बजार परिक्रममा गर्ने भाकल गरेका थिए । सोही भाकल अनुसार प्रत्येक वर्ष भाद्र कष्ण नवमीको दिन विजय उत्सब मनाउने गरिन्छ ।

युद्धमा बिजयी भएपछि कर्णेल उजिरसिंह थापाले १८७२ देखी १९७६ सम्म मन्दिर निर्माण गरी भगवति जात्रा मनाउन थालिएको इतिहासका जानकार निर्मल श्रेष्ठको भनाई छ ।
यो जात्रालाई पश्चिम क्षेत्रकै ऐतिहासिक जात्राको रुपमा लिने गरिन्छ । एैतिहासिक रथ यात्रालाई राष्ट्रिय पर्वको रुपमा मनाउका लागि संघिय सराकारले समेत पहल गर्न सके यसको गरिमा अझ बढ्न सक्ने स्थानियवासिले बताएका छन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *