April 29, 2024

पाल्पा,कात्तिक १३ ।
सुनिल कार्की ।
पाल्पाको रम्भा गाउँपालिका १ हुँगीबाट मनकामना दर्शनको लागि जाँदै गरेको बस बुलिङटारमा आज विहान दुर्घटना भएको छ । लु ६ ख ७५८० नम्बरको बस दुर्घटनामा परेको जनकारी आएको छ ।
हिजो राती मनकामना मन्दिर दर्शनको लागि यात्रु त्रु लिएर हिडेको बस कालीगण्डकी करिडोर अन्तर्गत बुलिङटार गाउँपालिका २ मथारमा विहान ४ बजे तिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी सुस्ता पूर्वले जनाएको छ । दुर्घटनामा झण्डै २८÷२९ जना यात्रु घाईते भएको प्रहरीले बताएको छ ।
बस सडक बाट झण्डै सय मिटर तल खसेको छ । घटनास्थलमा अहिले प्रहरीले घाईतेहरुको उद्धार गरिरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी सुस्ता पूर्वका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी दिनुभयो । घटना बारे थप जानकारी आउन बाँकी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *