May 4, 2024

पाल्पा,असोज १८ ।
सुनिल कार्की ।
पश्चिम पाल्पाको रैनादेवी छहरा गाउँपालिका ३ भुवनपोखरीमा जिप दुर्घटना भएको छ । गाउँ नजिकैको गखुङगा देवी मन्दिर दर्शनको लागि हिडेका यात्रु सवार लु १ ज २५८३ नंम्बरको जिप दुर्घटना हुँदा ९ जना यात्रु घाईते भएका छन ।
घाईते माध्ये ३ जनाको अवस्थाम गम्भीर रहेको र उनीहरुको उपचारको लागि सदरमुकाम तानसेन पठाईएको इलाका प्रहरी कार्यालय मुझुङ्गका प्रमुख प्रहरी नायब निरिक्षक सोम बहादुर सारुले जानकारी दिनुभयो । भुवनपोखरीबाट महानवामीको अवसरमा गखुङगा देवी मन्दिर दर्शनको लागि जाने क्रममा मन्दिर नजिकैको उकालो बाटोमा जिप उकालो तान्न नसकी ब्याक हुँदा दुर्घटना भएको इलाका प्रहरी प्रमुख सारुले बताउनुभयो । घाईतेको स्थानिय र प्रहरीले उद्धार गरेका थिए ।
घटनाका सम्बन्धमा थप अनुशन्धान गर्न जिल्लाबाट थप प्रहरी टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी प्रमुख जनक बहादुर शाहीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *