पयर्टन प्रर्वद्धनका कार्यक्रम नहुँदा तानसेनका होटल व्यवसायमा समस्या

Facebook
X
WhatsApp
LinkedIn

विष्णु घिमिरे (रासस ) तानसेन ।

कोरोनापछि पर्यटकीय नगरी तानसेनका होटल व्यवसायमा समस्या थपिदै गएको छ ।

लकडाउनपछि बामे सर्न लागेका व्यवसायमा समस्या थपिदै गएको हो । “बैंकमा ऋण छ, मासिक किस्ता र व्याज नै ६ लाख वढी तिर्नुपर्छ”, तानसेनमा होटल व्यवसाय गर्ने लक्ष्मण बस्याल भन्छन् । एतिहासिक र सांस्कृतिक नगरीको परिचय बनाएको तानसेनमा पयर्टन प्रवद्र्धनका कार्यक्रम नहुँदा यहाँका व्यवसाय चल्न नसक्ने स्थितिमा पुगेका हुन् । तानसेन र बुटवलमा दुई वटा होटल सञ्चालन गर्नुभएका व्यवसायी मोहन श्रेष्ठ भन्छन्, “खर्च मात्रै धान्न सके हुन्थ्यो भन्ने स्थितिमा छौँ, पहिला भन्दा सस्तोमा कोठा दिँदासमेत मान्छे आउदैनन् ।” पाल्पा जिल्लामा सदरमुकाम तानसेनसहित रामपुर, छहरा, बतासे, अर्गली, हार्थोक, ताँहु, आर्यभञ्ज्याङ व्यापारिक केन्द्र हुन । यहाँ चार हजार बढी व्यापार व्यवसाय छन् । जसमा साना ठूला गरी ८० वटा होटल व्यवसाय सञ्चालनमा छन् ।

त्यसमध्ये २० प्रतिशत व्यवसायी पेसाबाट पलायन हुने अवस्थामा छन् । “दैनिक ८-१० जनाले पसल किन्ने मान्छे खोजिदिनु परो भन्छन्”, पाल्पा उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजु महर्जन भन्छन्,“राज्यले बेलैमा नसोच्ने हो भने अधिकांशको व्यवसाय टाट पल्टने अवस्थामा छ ।” कतिपयले जेनतेन व्यवसाय सञ्चालन गर्दै सूचना टाँस गरेका छन् । कतिपयले व्यवसाय नै बन्द गरिसकेका छन् ।

पाल्पा व्यापार सङ्घमा यहाँका ८ सय व्यापार व्यवसाय गर्ने आवद्ध छन् । संस्थाका अध्यक्ष चिरञ्जीवी पोखरेलका अनुसार उनीहरुमध्ये २० प्रतिशत व्यवसायी विकल्पको खोजीमा छन् । “व्यवसाय चलेन, पसल बिक्यो भने अरु केही गर्थै भन्छन्,” पोखरेल भन्छन् । तानसेन नगरपालिकाले लकडाउन पछाडी विदेशबाट फर्किएका युवालाई कृषि र पशुपालनमा जोडेको थियो । अहिले यहाँको स्थानीय सरकारले पर्यटन प्रवद्र्धनलाई जोड दिएको छ ।  ऐतिहासिक तथा सांस्कृतिक पक्षलाई समेटेर नेपाल तथा बाहिरका पर्यटक तान्न विभिन्न कार्यक्रम ल्याइएको नगरपालिकाका प्रवक्ता यादव सिं कार्कीको भनाइ छ ।

कार्कीका अनुसार तानसेन नगरपालिकाले पूर्वाधार निर्माण र प्रचारप्रसारलाई जोड दिएको छ । पोखरा जाने पर्यटक तानसेन राख्ने वातावरण बनेको छैन् । तानसेन आइपुग्ने मुख्यद्वार ‘शिद्धबाबा’ बाटोको कारण अलोकप्रिय बनेको छ । यहाँको खानेपानी ‘ट्याङ्कर’ले धानेको छ । स्थानीयतहको पुनःसंरचना पछाडि विभिन्न पालिकाले सोझै बुटवल आवतजावतको वैकल्पिक सडक निर्माण गरेका छन्

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्