May 5, 2024

पाल्पा,भदौं ३० ।

सुनिल कार्की ।

हिजो राति देखि परेको अविरल वर्षाले पाल्पा(बुटवल सडक खण्डको पैठेडाँडामा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।

माथिबाट खसेको पहिरोले दुईतर्फी नै सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लले जानकारी दिनुभयो । अवरुद्ध सडक सुचारु गर्न सडक डिभिजन कार्यालय पाल्पाको डोजर प्रयोग भईसकेको जिल्ला ट्राफिक प्रहरी प्रमुख मल्लले बताउनुभयो ।

पहिरो करिब विहान साढे ११ बजे खसेको सडक डिभिजन कार्यालय पाल्पाका सुचना अधिकारी रामेश्वर लम्सालले जानकारी दिनुभयो । पुन माथिबाट पहिरो नखसे दिउँसो साढे १ बजेसम्ममा सडक सुचारु हुने सुचना अधिकारी लम्सालले बताउनुभयो ।  यस्तै गरि सिदार्थ राजमार्ग अन्र्तरगत नै आर्यभञ्याङ्ग राम्दी सडक खण्डको सेरामा लेदो सहितको पहिरोलले सडक अवरुद्ध बनेको छ ।

अहिले सडक अवरुद्ध हुँदा बुटवल हुँदै पाल्पा,गुल्मी,अर्घाखाँचि र स्याङ्गजा लगायतका जिल्लाको लागि छुटेका सवारी साधन बिच बाटोमै रोकिएका छन । सामान्य वर्षा हुँन साथ अवरुद्ध हुने यस सडकका कारण यस खण्ड भएर यात्रा गर्ने यात्रु सधै सास्ती भोग्न बाध्य छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *