May 13, 2024

पाल्पा,भदौं ३० ।
सुनिल कार्की ।
हिजो राति देखि परेको अविरल वर्षाले अवरुद्ध पाल्पा(बुटवल सडक खण्ड एकतर्फी सञ्चालनमा आएको छ ।
माथिबाट खसेको पहिरोले अवरुद्ध भएको सडक एकतर्फी सुचारु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लले जानकारी दिनुभयो । दुईतर्फी नै सडक सुचारु गर्ने प्रयास भईरहेको जिल्ला ट्राफिक प्रहरी प्रमुख मल्लले बताउनुभयो ।
सडक अवरुद्ध हुँदा रोकिएका सवारी आआफ्नो गन्तब्यतर्फ लागेका छन ।
यता सिदार्थ राजमार्ग अन्र्तरगत आर्यभञ्याङ्ग राम्दी सडक खण्डको सेरामा लेदो सहितको पहिरोलले भने सडक अवरुद्ध नै रहेको छ ।

Converted document
Converted document
Converted document

Leave a Reply

Your email address will not be published. Required fields are marked *