April 30, 2024

पाल्प,चैत्र २७ ।
सुनिल कार्की ।
नेपाल निजामित कर्मचारी युनियन जिल्ला कार्यसमिति पाल्पाले नव वर्षको शुभकामना आदनप्रदान एवं भित्ते पात्रो र टेबल पात्रो २०८१ को विमोचान गरेको छ । एक कार्यक्रमको आयोजना गरि कर्मचारी युनियन पाल्पाले सो कार्यक्रम गरेको हो । नेपाली कां्रग्रेस जिल्ला कार्य समिति पाल्पाका सभापति हिमालदत्त श्रेष्ठको प्रमुख आथ्यितामा भएको नव वर्षको शुभकामना आदनप्रदान एवं भित्ते पात्रो विमोचन कार्यक्रममा भएको थियो ।

भित्ते पात्रोको विमोचन गर्दै प्रमुख अतिथि नेपाली कांग्रेस जिल्ला कार्य समिति पाल्पाका सभापति श्रेष्ठले पाल्पाको कर्मचारी युनियनको कार्यसमिति देशभरकै संक्रिय र सक्षम कार्यसमिति भएको भन्दै अझ संक्रियताको साथ आफ्ना गतिविधि अघि बढाउन आग्रह गर्नुभयो । इमान्दार र क्षमतावान रवि अर्याल नेतृत्वको कर्मचारी युनियनको ज्लिला कार्य समितिले सम्रग कर्मचारीको हित हुने गरि गरेको कामको प्रशंसा गर्दै युनियनलाई अझ मजबुत बनाउन निर्देशन दिनुभयो ।

कार्यक्रमका अध्यक्ष नेपाल निजामित कर्मचारी युनियन जिल्ला कार्यसमिति पाल्पाका अध्यक्ष रवि आर्यालले पाल्पाको कार्यसमिति आर्थिक र संगठनिक पक्षबाट बलियो रहेको भन्दै आगमी दिनमा युनियनको तर्फबाट थप रचनात्मक शैलीबाट अघि बढ्ने बताउनुभयो । भित्ते पत्रो प्रकाशन र यसको भुत्तानी पाउने विषय आफैमा चुनौतिपूर्ण रहेपनि कर्मचारी यूनियन पाल्पाले ठुलो हिम्मत र उत्साहाका साथ जोखिम नै मोलेर भए पनि भित्ते पात्रो प्रकाशनलाई निरन्तरता दिएको बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रनिनिधि कृष्ण प्रसाद अधिकारी, जिल्ला कार्यसमिति पाल्पाका प्रवक्ता शोभाखर न्यौपाने, नेपाल निजामति कर्मचारी यूनियन जिल्ला कार्य समितिका सल्लाहाकार एवं केन्द्रिय महाधिवेशन प्रतिनिधि भरत राज घिमिरे, यज्ञेश्वर पन्थी, लिलामणी बस्याल सहित युनियनमा आबद्ध कर्मचारीहरुको सहभागिता रहेको थियो भने जिल्ला कार्य समिति सचिव ओम प्रकाश न्यौपाने ज्युबाट कार्यक्रम सञ्चालन भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *