पुष्पलाल स्मृति प्रतिष्ठानको तेस्रो साभारणसभा तानसेनमा सम्पन्न

Facebook
X
WhatsApp
LinkedIn

पाल्पा,चैत्र २७ ।
सुनिल कार्की ।
पुष्पलाल स्मृति प्रतिष्ठान नेपालको तेस्रो साधारणसभा आज तानसेनमा सम्पन्न भएको छ । साधारणसभाको उदघाटन जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले गर्नुभयो । सो अवसरमा उहाँले पुष्पलाल र विपिको विचारलाई अघि बढाउन तानसेन नगरपालिकाले सहयोग गरेर महत्वपूर्ण व्यक्तिका विचारलाई सम्मान गरेको बताउनुभयो ।

कार्यक्रममा नगरपालिकाका पूर्व प्रमुख अशोककुमार शाहीले बौद्धिक छलफलका लागि यसको स्थापना गरिएको बताउनुभयो । विपी र पुष्पलालको विचारलाई अझ तल्लो तहसम्म लैजानुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा संस्थागत प्रतिवेदन संस्थाका सचिव गणेश ज्ञवाली र कोषाध्यक्ष झपेन्द्र गहिरेले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका समन्वय अधिकारी जनार्दन अधिकारी, पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम राना र बरिष्ठ पत्रकार मेघराज शर्मालगायतले शुभकामना दिनुभयो । साधारणसभामा प्रतिष्ठानका अध्यक्ष गोविन्द भट्टराईले आगामी कार्ययोजना तथा समसामयिक प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

साधारणसभामा प्रस्तुत प्रतिवेदन तथा प्रस्ताव सर्वसम्मत पारित भएको छ । साधारणसभा संस्थाका अध्यक्ष गोविन्द भट्टराईको अध्यक्षता, उपाध्यक्ष गोपाल प्रसाद बस्यालको स्वागत र सदस्य सन्तोष खनालको संचालनमा सम्पन्न भएको थियो ।

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्