May 10, 2024

पाल्पा,  २४ भदौ \

बहुक्षेत्रीय पोषण योजनाको सिद्धान्त र उद्धेश्यलाई आत्मसात् गर्दै महिला तथा बालबालिका र किशोर किशोरीको पोषण अवस्थामा सुधार ल्याउन टेवा पुर्याउने उदेश्य अनुरुप सुआहारा कार्यक्रम दोश्रो चरण यस पाल्पा जिल्लामा विगत ५ बर्षदेखि सञ्चालन भइरहेको अवस्थामा यस वर्ष पाल्पा जिल्लाका सबै स्थानीय तहहरुमा सिकाई आदान प्रदान कार्यक्रम गर्ने योजना अनुसार रम्भा गाउँपालिकामा सम्पन्न भएको छ ।

Converted document

यस कार्यक्रममा रम्भा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तु जङ्ग रानाको अध्यक्षततामा सम्पन्न भएको कार्यक्रममा रम्भा गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारीले गर्नु भएको थियो । गाउँपालिकाका उपाध्यक्ष राधा कुमारी श्रेष्ठ, बेस नेपालका कार्यकारी निर्देशक शालिकराम पाण्डे, वडा अध्यक्षहरु , कार्यपालिकाका सदस्यहरु सबै शाखाका प्रमुखहरुको आतित्यथामा सुआहारा कार्यक्रमका केन्द्रिय कार्यालयबाट आउनु भएका मदन राज भट्ट, बाबुराम आचार्य, भिम आचार्य, कार्यक्रम संयोजक कृष्ण गुरुङ्ग, फिल्ड संयोजक दिनेश घिमिरे, वित्त तथा प्रशासन प्रमुख शिव खराल सहभागी हुनु भएको थियो ।

यस कार्यक्रमको सन्चालन स्वास्थ्य शाखाका महेश आचार्यले गर्नुभएको थियो भने स्वास्थ्य र पोषणमा भएका गतिविधिका बारेमा स्वास्थ्य शाखाका प्रमुख शिव अर्यालले गनु भएको थियो । कृष्ण गरुङ्गले सुआहारा कार्यक्रमले गरेका कुरा प्रस्तुतिकरण गर्नु भएको थियो । सुआहारा कार्यक्रमले पालिकाको समग्र पोषण र स्वास्थ्य अवस्था तथा आगामी दिनमा गरिने क्रियाकलाप र प्राथामिकता बारे छलफल गर्दै परियोजना मार्फत हालसम्म भएका गतिविधि र यसबाट प्राप्त उपलब्धि, सिकाइहरु र दिगोपनाको लागि स्थानीयतह तथा सम्बद्ध सरोकारवालाहरुका अनुभव आदान–प्रदान गोष्ठीको आयोजना गरेको थियो ।

कार्यक्रमको समापनमा अध्यक्ष विष्णु प्रसाद भण्डारीले पोषण र स्वास्थ्यमा सुआहारा कार्यक्रमले धेरै प्राविधिक सहयोग गरेको र आगामी दिनमा पनि यसरी नै निरन्तरता दिन आग्रह गर्नु भएको थियो । कार्यक्रम समापन गर्नै प्रमुख प्रशासकीय अधिकृत भक्तु जङ्ग रानाले कार्यक्रमको प्रभावकारी धेरै राम्रो भएकोले कार्यक्रम निरन्तरता दिनलाई जोड दिनु भएको थियो ।

Converted document
Converted document
Converted document

Leave a Reply

Your email address will not be published. Required fields are marked *