May 19, 2024

सुनिल कार्की
पाल्पा, २४ वैशाख । नेपाली काँग्रेस पाल्पाले जनसरोकारका विषयमा प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको छ । उसले दैवी विपत्ति, जंगलमा डढेलो, मानव बस्तीमा आगलागी, वातावरणीय प्रदुषण तथा विभिन्न संघ संस्थाबाट सर्वसाधारण नागरिकहरुले खेप्नु परेका समस्याहरुको समाधान गर्न प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेको ध्यानाकर्षण गराएको हो ।

विगत केही दिनदेखि पाल्पाका विभिन्न स्थानमा आगलागी, वनजंगलमा डढेलो, वातावण प्रदुषण बढ्दै गएको र यातायातको भाडादरमा अपारदर्शिता, पशुचौपायाको अवैध निकासी भएका विषयमा सोमबार जिल्ला सभापति हिमालदत्त श्रेष्ठको नेतृत्वमा गएको काँग्रेस नेताहरुको एक टोलीले जिल्ला प्रशासन कार्यालय पुगेर प्रजिअ काफ्लेको ध्यानाकर्षण गराएको छ ।

Converted document

काँग्रेसले लामो खडेरी र प्रचण्ड गर्मीका कारण आगलागीका घटना बढ्दै जाँदा जनजीवन अस्तव्यस्त हुनुको साथै ठूलो भौतिक क्षति व्यहोर्नु परेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उसले जंगल र मानववस्तीमा सल्केको आगो नियन्त्रणबाहिर जाने अवस्थामा रहेकाले बेलैमा प्रभावकारी कदम नचालिए थप जनधनको क्षति हुनुको साथै पर्यावरणीय सन्तुलनमा समेत व्यापक असर पार्ने भएकाले त्यसतर्फ स्थानीय, प्रदेश, संघीय सरकार र राजनीतिक दलहरुसँग समन्वय गरी प्रकोप न्यूनिकरण र राहतका लागि यथाशीघ्र कदम चाल्न प्रजिअलाई आग्रह गरेको छ ।

काँग्रेसले देशभर सहकारी काण्डका घटनाहरु बहिर आइरहेकाले पाल्पामा पनि त्यस्तो अवस्था सिर्जना नहोस् भन्ने उद्देश्यले आवश्यक समन्वय र अनुगमन गर्न माग गरेको छ । काँग्रेस जिल्ला सभापति श्रेष्ठद्वारा जारी ध्यानाकर्षण पत्रमा पाल्पा जिल्लामा सञ्चालित सहकारीको अवस्था के छ ? बचत र ऋण परिचालन सहकारीको मापदण्डअनुसार भएको छ कि छैन ? यस विषयमा कानुनको अधिनमा रही आवश्यक समन्वय र अनुगमनका निम्ति जोडदार माग गर्नुका साथै आमजनताले आफ्नो पसिना खर्च गरेर जम्मा गरेको बचत कुनै पनि अवस्थामा डुब्नु हुँदैन भन्ने मान्यतामा नेपाली काँग्रेस आडिग रहेको उल्लेख गरिएको छ ।


नागरिकको जीउधनको सुरक्षा राज्यको पहिलो प्राथमिकता रहेको र हुनुपर्ने काँग्रेस सभापति श्रेष्ठले बताए । उनले जनताका हरेक समस्यामा कॉंग्रेस पाल्पा सबैसँग हातेमालो गरेर हिड्न तयार रहेको उल्लेख गरे । सभापति श्रेष्ठले भने ‘लामो खडेरीका कारण कृषि उत्पादनमा पर्ने असर र यसले आमकृषकलाई पार्ने क्षति न्यूनीकरणका निम्ति आवश्यक समन्वयका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँछौं ।’ विगत केही दिनदेखि कालीगण्डकी कोरीडोर भएर अवैध रुपमा पशुचौपाया निकासी भईरहेको भन्ने व्यापक जनगुनासो आइरहेको र सोही विषयलाई लिएर रामपुरमा झडपसमेत भएको विषयप्रति नेपाली काँग्रेसको गम्भीर ध्यानाकर्षण भएको समेत ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

सो विषयमा सत्यतथ्य जनसमक्ष ल्याउन र आगामी दिनहरुमा त्यस्ता गतिविधि हुन नदिने व्यवस्था गर्न पनि काँग्रेस पाल्पाले जोडदार माग गरेको छ । उसले स्वास्थ्य बीमा सबै नेपालीको स्वास्थ्य उपचारसँग सम्बन्धित विषय भएकाले सबैसँग मिलेर स्वास्थ्य बीमा कार्यक्रम सहज र विरामीमैत्री बनाउन सम्बन्धित निकायसँग काँग्रेसले पहल गरेको पनि बताइएको छ । तर सेवा प्रदायक स्वास्थ संस्थाहरुबाट सहज सेवा प्राप्त भएन भन्ने जनगुनासो आएकाले यसप्रति पनि काँग्रेसको ध्यानाकर्षण भएको छ ।

उसले यस विषयमा सिफारिश प्रक्रिया झन्झटिलो भएकाले उक्त प्रक्रिया सरल र सहज बनाउन सम्बन्धित निकायमा तत्काल पहल गरिदिन समेत प्रजिअ काफ्लेसँग जोडदार माग गरेको छ । काँग्रेसले जिल्ला भित्रका विभिन्न ठाउँमा निर्माण र मर्मत सम्भारको काम भइरहेका ठाउँहरुमा खाल्डा खुल्डी धुलो आदिका कारणले यात्रु वर्गलाई असुविधा भइरहेकाले त्यसतर्फ पनि ध्यान दिन भनेको छ । उसले पाल्पामा सञ्चालित खानी, उद्योगहरु मापदण्डअनुसार नचलेको, नजिकमा मानववस्तीमा वातावरणीय असर पुगिरहको भन्ने जनगुनासोप्रति पनि आपफ्नो ध्यान आकर्षण भएको जनाएको छ । तत्काल यसको व्यवस्थापनका लागि पनि काँग्रेसले माग गरेको छ ।

जिल्लामा रहेका सार्वजनिक जग्गा र यहाँ रहेका ऐतिहासिक, सांस्कृतिक पुरातात्विक, धार्मिक सम्पदाहरुको संरक्षण र सम्वद्र्धनमा समेत ध्यान दिनुुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख छ । प्रजिअ काफ्लेले ध्यानाकर्षण पत्र बुझ्दै काँग्रेसले ध्यानाकर्षण गराएका जनसरोकारका विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । उनले काँग्रेसले उठाएका केही विषयहरु सम्बोधन भइसकेको र केही सम्बोधनकै क्रममा रहेको उल्लेख गरे । प्रजिअ काफ्ले जनताका समस्याहरु समाधानमा स्थानीय, प्रदेश, संघीय सरकार राजनीतिक दलहरुसँग समन्वय भइरहेको बताए । कार्यक्रममा काँग्रेस जिल्ला सचिव सुनिता अधिकारीले ध्यानाकर्षण पत्र वाचन गरेर सुनाएकी थिइन्

Converted document
Converted document
Converted document

Leave a Reply

Your email address will not be published. Required fields are marked *