May 1, 2024

जब चुनाव आउँछ तब लागिपर्छन् नेता चुनाव सकिएपछि परपर सर्छन् नेता दुखिको घाउमा मलम बनेर होइन पीडा बनेर आउछन् देखावटी भएपनि खुब गरेजस्तो गर्छन् नेता।। अचम्म! लाग्छ यो देशको राजनीति र घिनलाग्दो नेताको लाजनीति व्यवहार देखेर भनिन्छ बिहानिको झुल्के घामले दिनको अवस्थाको बारेमा बताउँछ त्यहि आसले राम्रो हुन्छ भनेर दिनको सुरुवात गरिन्छ तर के थाहा हुन्छ र घामसँगै पनि बादल लाग्छ पानी पर्न सक्छ भनेर । हो, वदलिदो मौसम जस्तै भएको छ यो देशको राजनीति र यो देशको नेताको व्यवहार । सुरुवातीमा खुब गर्छन् जस्तो गर्ने , बिचमा लौ होइछ झै गर्ने अन्त्यमा केही न केही ?कसरि हुन्छ विकास,कसरि बद्लिन्छ सपना, कसरि बन्छ सुन्दर नेपाल ? एउटै एजेन्डा ,एउटै नीति फेरि केही नगर्ने प्रविधि । कुरा सुन्दा र देख्दा पनि लाज लागिसक्यो जब चुनाव आउँछ तब ल हजुर नमस्कार भन्दै पचासचोटि ढोग्दै आउँछन् ।

अहिलेको गुल्मी, अर्घाखाँची ,पाल्पालगायत जिल्लामा उठेका उम्मेदवार भनिरहेका छन् सिद्दबाबाको बाटो बनाउँछौ होइन अरुबेला कसैले देख्दैनन् यो बाटो सुन्दैनन् कति जनताको ज्यान गएको समाचार । यदि साच्चिकै विकास गर्ने नेता जन्मेको भए चुनावको बेला आएर होइन चारवर्ष अगाडिबाट काम नै गरेर देखाउनुहुन्थ्यो । तातो भुङ्ग्रोमा हात राखेपछि त पोलिहाल्छ नि अब जनता पनि त्यति लाटा छैेनन् ताकि नमस्कार हुदैमा लपक्क हुने अौलो दिदैमा डुडुल्नो निल्न खोज्दाको परिणाम त बुज्नपर्छ । जुन जोगि आएपनि कानै चिरेको भन्ने उखान सत्य साबित भएको छ , त्यस्तै भइरहेको छ हाम्रो देशमा ।

एउटालाई दिनरात नभनेर खाईनखाइ लागिपरेर चुनाव जितायो नेता बनायो होइन उहाले त गर्नु होला भन्यो त्यस्तै त्यस्तै गरि कैयौ वर्ष वितिसक्यो आश्वासनमा, अब पनि हामी आश्वासनमा बसिरह्यौ भने देश विकासतिर होइन विकटतिर अवश्य लाग्नेछ । जब चुनावको मुख आइरहेको छ तब बाटो पिच गर्ने , खानेपानी बनाउने , विजुलिको पोल गाड्ने यसरी हतारमा गरेको काम टिकाउ हुदैन भन्ने बुझ्नुहुन्न नेता ज्युहरु आफ्नो नाम राख्नको लागि काम गरेजस्तो गर्छन् अरुबेला देखेर पनि नदेखेको जस्तो गरि पर सर्छन् । मैले जान्ने भएदेखि हरेक उम्मेदवारले सिद्दबाबाको बाटो बनाउँछौ भनेको सुन्दै आईछु खैत कुर्सी पाउन बनाउछु भन्ने कुर्सी छोड्दा त्यो एजेन्डा पनि छोडिन्छ अनि सकिन्छ सबै । सबै आफ्नो पेट भर्ने नेता बनेर कहिले देश अघि बढ्दैन । नेता बन्नलाई त्याग गर्न सक्नुपर्छ । एउटै एजेन्डा लिएर होइन फरक एजेन्डाका साथ काम पूरा गर्ने आट लिएर जनतासामु प्रकट हुन सक्नुपर्छ । तत्कालीन नेता होइन दिर्घकालिन नेता बन्न सक्नुपर्छ ।

अब त जनतालाई पनि लागिसक्यो सबै उस्तै हुन भनेर। म भन्छु सबैकोसामु हात तब जोड्नु जब आफुले गरेको वाचा पूरा गर्न सक्नुहुन्छ नत्र ती हात जोडेको केहि कदर हुदैन । साच्चिकै परिवर्तन गर्ने हो भने पार्टी पार्टि भनेर दौडिएर होइन हामी सबै नेपाली हो हामिले गर्नुपर्छ भनेर लाग्नुपर्छ । एउटाको जितमा हार भएकाले पनि समर्थन गर्न सक्नुपर्छ ,जितेकाले हार भएकालाई पनि समेटेर लैजान सक्नुपर्छ । सेवा नै मानवधर्म हो भनेर गर्न सक्नुपर्छ बाटोमा भेटिएको माग्नेलाई अरुबेला धकेल्दै हिड्ने जब चुनाव आउँछ दिदै हिड्ने यहि हो मानव सेवा यो सब देख्दा र भोग्दा मलाई लागिरहेको छ देशमा व्यवसायीक राजनीति भइरहेको छ जता फाइदा हुन्छ उतै कुद्ने । जनताको घरमा अन्नको दाना छैन कृषिप्रदान देश बनाउँछु भन्छन् पहिला पेट भर्दिन्छु भन सक्नुपर्छ र गर्नुपर्छ । जहाँपनि फाइदा हेरेर काम गरेर हो देश पछि परेको । चुनाव आउदा करोड खर्च गर्न पनि पछि पर्दैनन् चुनाव सकिएपछि खर्च गर्ने पैसा पनि लुकाउछन् यस्तो हुन्छ राजनीति खेल ।

घरदैलोमा भोट माग्दै हिड्नु भन्दा काम गरेर देखाउन सक्यो भने जनता आफै बुझेर दिन्छन् त भोट दिदा पनि हात काप्छन् मेरा फेरि पनि देश लुटिन्छ भनेर आफ्नो पारिश्रमिक पनि भुटिन्छ भनेर। भयो हामिलाई अब राजनीति गरेर खाने नेता होइन पाखुरा बजारेर खान पाइने परिवर्तित देश चाहिएको छ । राजनीतिलाई व्यवसायी होइन सेवामूलक बनाउ तेरो मेरो होइन अब हामी सबै नेपाली हो भनेर भनौ परिवर्तन चाहान्छौ हामी नटिक्ने कुरा नविकाउ कुन नेताले के गर्छन् काम गर्ने नेताको मुल्यांकन गर्न सक्ने बनौ।।। देशमा परिवर्तनको खाचो छ समृद्ध देश सुखि नेपाली आवश्यक छ।

लेखक – बबिता थापा(सन्ध्या ) रैनादेवी छहरा ०४ मगाल पाल्पा

Leave a Reply

Your email address will not be published. Required fields are marked *