May 13, 2024

पाल्पा,सुनिल कार्की ।
नेपाली कांग्रेस पाल्पाका नेता विजय घिमिरेको निधन भएको छ ।
२०४६ सालको जन आन्दोलन सफल बनाउन महत्वपुर्ण भुमिका खेलेका नेताको आज बेलुका निधन भएको परिवारिक स्रोतले जनाएको छ । क्यानसर रोगले ग्रसित उहाँको ५४ वर्षको उमेरमा मेडिसिटि अस्पताल काठमाण्डौंमा उपचार भईरहेको थियो ।

घिमिरे २०५६ मा पहिलो पटक र २०७४ मा दोस्रो पटक गरि दुई पटक पाल्पा क्षेत्र नंम्बर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेद्धवार बन्नु भएको थियो । उहाँ वरिष्ठ चार्टड एकाउन्टे समेत हुनुहुन्थ्यो । कांग्रेस भित्र शान्त र सादगी नेताको छवि बनाउनुभएका घिमिरेको निधनले नेपाली कांग्रेस पार्टीलाई अपुरणीय क्षति पुगेको छ ।

Converted document
Converted document
Converted document

Leave a Reply

Your email address will not be published. Required fields are marked *