May 20, 2024

सुनिल कार्की

पाल्पा,वैशाख २८ । “सम्मानित निजी क्षेत्र समुन्नत नेपाल” भन्ने अभिप्रयाका साथ आगाडी बढेको पाल्पा उद्योग वाणिज्य संघ तानसेनले जिल्लाका उद्योगी,व्यापारि र व्यवसायिको सहजताको लागि भिसिटिएस छलफल तथा अन्तरक्रिर्या कार्यक्रम सम्पन्न गरेको छ । राजस्व अनुशन्धान कार्यालय बुटवल र करदाता सेवा कार्यालय पाल्पाको सहयोगमा सञ्चालित एक दिने अभिमुखिकरण कार्यक्रममा जिल्लाका ७० भन्दा बढी उद्योगी व्यवसायिको सहभागिता रहेको थियो ।

Converted document
Converted document
Converted document

कार्यक्रममा राजस्व अनुशन्धान कार्यालय बुटवलका राजस्व अधिकृत हुम पाण्डे र राजन कुमार श्रेष्ठले प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षण एवं अन्तरक्रिर्या कार्यक्रममा भिसिटिएसको आवश्यकता, यसको फाइदा, महत्व, कानुनी कारबाही हुने अवस्था र जरिवाना लगायतको बारेमा जानकारी दिइएको थियो । कार्यक्रममा सहभागी उद्योगी व्यापारिले भिसिटिएसको प्रयोग गर्ने तरिका, देखिन सक्ने जटिलता र यसको सहजताको लागि राज्यले दिनसक्ने सुविधा लगायको बारेमा जिज्ञासा राखेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि पाल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जिल्लाका उद्योगी व्यवसायिले खेप्न बाध्य समस्याको समाधानको लागि आफु सधैब तयार रहेको बताउनुभयो । कर र राजस्व छल्ने विषय राज्यलाई नै कमजोर बनाउने काम मात्र भएकोले इमानदार भएर अगाडी बढेको खण्डमा राज्य उद्योगी व्यवसायिकै पक्षमा उभिने बताउनुभयो ।

कार्यक्रमका अध्यक्ष पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराईले बढ्दो उद्योगी व्यवासायिको पलायनलाई रोक्ने सवालमा सम्रग पाल्पा उद्योग वाणिज्य संघ गम्भिर ढंगले अगाडी बढेको बताउँर्दै उद्योगी व्यवसायिलाई राज्यले हेर्ने दृष्टिकोण परिवर्तन गर्न जरुरी रहेको बताउनुभयो । अध्यक्ष भट्टराईले तीन तहकै सरकार निजी क्षेत्रसँग सहकार्य र समन्वय गरेर जान सकेको खण्डमा र सोही अनुरुपको निति कार्यक्रम बनाउन सकेको अवस्थामा त्यसको कार्यन्वयन र प्रगतिमा समेत वृद्धि हुने बताउनुभयो ।

कार्यक्रममा करदाता सेवा कार्यालय पाल्पाका प्रमुख कर अधिकृत सन्तोष सुवेधिले सबै उद्योगी व्यापारि राज्यको नजरमा गलत नरहेको भन्दै लापरबाही र संवेदनशील नबनि करको चुहावट गर्नेलाई मात्र फरक ढंगले हेर्ने गरिएको बताउनुभयो । कतिपय उद्योगी व्यापारि जानेर नजानेर पनि करको दायरमा आउन नसकेको देखिएकोले करदाता सेवा कार्यालय पाल्पाले आगामी दिनमा कर शिक्षा गाउँ देखि बजारसम्मै विस्तार गर्ने बताउनुभयो ।

कार्यक्रममा पाल्पा उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष राजु महर्जन, पूर्व अध्यक्षहरु मोहन प्रसाद श्रेष्ठ, हरि रायमाझी, घरेलु तथा साना उद्योग कार्यालयका अधिकृत थमन बहादुर सारु, राजस्व अनुशन्धान कार्यालय बुटवलका नायब सुब्बा दिपेन्द्र श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

Converted document
Converted document
Converted document
Converted document
Converted document
Converted document
Converted document
Converted document
Converted document
Converted document
Converted document
Converted document

Leave a Reply

Your email address will not be published. Required fields are marked *