May 12, 2024

पाल्पा, नेपाली कांग्रेसका नेता विजयराज घिमिरेको निधन प्रति कांग्रेस केन्द्रीय कार्यालयले शोक वक्तव्य जारी गरेको छ । नेपाली कांग्रेस केन्द्रीय लेखा समितिका पूर्व सदस्य एवं पाल्पाका पूर्व महासमिति सदस्य घिमिरेको निधन प्रति दुःख व्यक्त गर्द‌ै मुख्य सचिव कृष्णप्रसाद पौडेलले शोक वक्तव्य जारी गर्नु भएको हो ।

लामो समयदेखि क्यान्सर बाट पीडित ५४ वर्षीय घिमिरेको उपचारका क्रममा ललितपुर स्थित मेडिसिटीअस्पतालमा विहिबार साँझ निधन भएको थियो । मुख्य सचिव पौडेलले उहाँको निधन बाट पार्टीले एक होनाहार युवा नेतृत्वलाई गुमाएको स्मरण गर्नु भएको छ । वक्तव्यमा भनिएको छ, “२०२५ सालमा जन्मिनु भएका स्वर्गीय घिमिरेले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक अान्दोलनहरु सक्रिय भुमिका निर्वाह गर्नु भएको थियो । उहाँको निधन बाट पार्टीले एक होनाहार युवा नेतृत्वलाई गुमाएको छ ।”

उहाँको निधन प्रति कांग्रेस सभापति एवं प्रधानमन्त्री शेर बहादुर देउवाले गहिरो दुःख व्यक्त गर्नु भएको उल्लेख गरिएको छ । “नेपाली कांग्रेसका सभापति एवं सम्माननीय प्रधान मन्त्री शेर बहादुर देउवाले उहाँको निधन प्रति गहिरो दुःख व्यक्त गर्नु भएको छ । साथै उहाँ प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिरशान्तिकाे कामना साथ शोक सन्तप्त परिवारजन प्रति पार्टी र आफ्नो तर्फ बाट गहिरो समवेदना प्रकट गर्नु भएको छ ।” पौडेलले वक्तव्यमा उल्लेख गर्नु भएको छ ।

Converted document

२०४६ सालको जनअान्दोलनकाे जिउँदो सहिद एवं कमाण्डरको रुपमा परिचित घिमिरेलाई २ हप्ता अघि स्वास्थ्यमा थप समस्या देखिए पछि मेडिसिटीमा भर्ना गरिएको थियो । पाल्पा क्षेत्र नं. १ मा २०५६ मा पहिलो पटक प्रतिनिधिसभामा उम्मेदवार भएका घिमिरे ०७४ सालको निर्वाचनमा पनि उम्मेदवार हुनु भएको थियो । २०४६ सालमा भएको जनआन्दोलनको क्रममा पूर्वी पाल्पाको कमान्ड गर्दै अग्रमोर्चामा खटिएका घिमिरेका दाजु सूर्य घिमिरे २०४६ फागुन ७ गते आन्दोलन कै क्रममा सहिद हुनु भएको थियो । घिमिरे २०४८/०४९ मा कांग्रेसको जिल्ला सचिव, नेविसंघको जिल्ला सचिव र त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको स्ववियू सचिव भएर काम गर्नु भएको थियो । २०५० सालमा चाटर्ड एकाउन्टेन्ट अध्ययन गर्न भारत जानू भएका घिमिरे पढाई सकेर नेपाल फर्केलगत्तै पुनः राजनीतिमा होमिनु भएको थियो  ।

उहाँको पार्थिव शरीरलाई आज दिउँसो १ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिदै छ ।

Converted document
Converted document
Converted document

Leave a Reply

Your email address will not be published. Required fields are marked *