गुल्मी काँग्रेस सचिव भट्टराई पुुगे बाँदर पिडित किसानलाई गुलेली र मटेंग्रा दिन समुदायमा

Facebook
X
WhatsApp
LinkedIn

पाल्पा माघ २५ \

गुल्मीको रुरु क्षेत्र गाउँपालिका –२ ग्वादीका ८१ वर्षीय चन्द्रमणी बराल बिहिबार गुलेली र मटेंग्रा पाएपछि खुसी देखिन्थे । गाउँमा बाँदर आतंक बढेपछि नेपाली काँग्रेस गुल्मीले ‘गुल्मी काँग्रेसको अठोट, सवल वडा सक्षम टोल’, अभियान अन्र्तगत समुदायमा काँग्रेस अभियानको क्रममा गुलेली र मटेंग्रा निःशुल्क वितरण गरेपछि बराल उत्साहित भएका हुन् ।

काँग्रेसले उनी जस्तै ग्वादीका बाँदर पिडित किसानलाई गुलेली र मटेंग्रा निःशुल्क वितरण गरेको छ । बाँदर आतंकबाट आफुुहरु आजित बनेका बेला काँग्रेस नेताहरु घरमै आएर गुलेली र मटेंग्रा दिएको भन्दै स्थानीयले खुुसी व्यक्त गरे ।

 

बिहिबार नेपाली काँग्रेस गुल्मीका सचिव जगदीश भट्टराई समुुदायमै पुुगेर किसानहरुलाई गुलेली र मटेंग्रा वितरण गरेका हुन् । उनले किसानहरुको मागलाई मध्यनजर गरी गुलेली र मटेंग्रा दिइएको बताए । सचिव भट्टराईले चुनौतीको रुपमा रहेको बाँदर नियन्त्रणका लागि केही हदसम्म भए पनि सहज बनाउन गुलेली र मटेंग्राले महत्वपूर्ण टेवा पुुग्ने विश्वास व्यक्त गरे । उनले भने‘ गुलेली देखाएर बाँदर भाग्ने गर्छन् । यसले केही भए पनि किसानको बाली नाली जोगाउन मद्दत गर्छ भन्ने हाम्रो बुुझाई हो ।’

गाउँपालिकाका पार्टी सभापति देविन्द्र मल्लले बाँदर आतंकले गर्दा गाउँहरु बसाँईसराईका कारण रित्तिदै गएकोप्रति चिन्तित हुुँदै परम्परागत रुपमा बाँदर भगाउन प्रयोग गरिने गुलेलीले किसानलाई राहत पुुग्नेमा विश्वास व्यक्त गरे । उनले किसानका समस्याहरु सम्बोधनका लागि भएको यो प्रयास अत्यन्तै प्रभावकारी रहेको बताए । मल्लले भने ‘बाँदर लखेट्न जाँदा आफुहरु माथि नै आक्रमण गर्न खोज्दै गर्दा गुलेली ताक्यो भने बााँदर डराएर भाग्ने हँुदा पनि यसबाट केही राहत हुन्छ ।’ ग्वादीका वडा सभापति तथा युवा किसान नारायण ज्ञवालीले गाउँमा बाँदर आतंकका कारण समस्यामा परेका किसानलाई बाँदर धपाउँन गुलेलीको समेत अभाव भएको अवस्थामा काँग्रेसले समुुदायमै आएर वितरण गर्नु आफैमा प्रशंसनिय कार्य रहेको बताए ।

गुलेली र मटेंग्राको परम्परागत घरेलु हतियारका रुपमा प्रयोग गरिदैं आइएको छ । समस्याको समाधान परम्परागत रुपमा पनि गर्न सकिन्छ भन्ने मूल्य र मान्यतालाई आत्मसाथ गर्दै किसानलाई गुलेली वितरणको काम गरिनुु आफैमा सकरात्मक रहेको रिडी बजार निवासी स्थानीय व्यवसायी किशोर श्रेष्ठले बताए । ग्वादीका ३७ बर्षीय किसान जगत तिवारीले बाँदर आतंकका कारण समस्या भएको र आफुहरुसँग गुलेली पनि नभएको गुनासो गरेपछि काँग्रेस सचिव भट्टराईले एक कार्यक्रमको आयोजना गरेर किसानलाई गुलेली र मटेंग्रा दिएकोमा धन्यावाद प्रदान गरे ।

स्थानीय समाजसेवी तथा नेपाली काँग्रेस क्षेत्र –१ प्रदेश १ का उपसभापति मंगलबहादुर रेगामीले यो एउटा नमूनाको रुपमा काम भएको भएता पनि गाउँका बाँदर पिडित किसानका समस्याहरुको समाधानमा यो कार्य महत्वपूर्ण रहेको बताए । उनले यस्ता काममा स्थानीय सरकारले समेत ध्यान दिनुुपर्नेमा जोड दिए ।

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्