एकीकृत घुम्ती शिविर मार्फत रैनादेवी छहरामा ३०० सय बढीले लिए सेवा

Facebook
X
WhatsApp
LinkedIn

पाल्पा, कात्तिक ३० ।
सुनिल कार्की ।
पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले नागरिकहरूलाई सहज रूपमा वडा स्तरबाटै सेवा प्रवाह गर्न सम्पूर्ण वडा कार्यालयहरूमै पुगेर एकीकृत घुम्ति शिविर सञ्चालन गरेको छ ।  शिविर साउन १८ गते ८ नं वडा कार्यालयमा सुरु भई साउन २६ गते ४ नं वडा कार्यालयमा सम्पन्न भएको । कार्यालयबाट प्रवाह हुने सेवा सहितको शिविर सञ्चालन गरेको कारण पालिका भित्रका तिन सय बढी नागरिकले सेवा लिएको गाउँपालिकाले जनाएको छ ।


रैनादेवी छहराका अध्यक्ष रुक्मागंत भटराईले सिंहदरबारको अधिकार गाउँ गाउँमा भन्ने नारालाई सार्थकता दिन र गाउँपालिकाबासीको आवश्यकता तथा सेवा सहजताका लागि शिविर सञ्चालन गरिएको बताउनुभयो । सामान्य सेवा लिन पालिका जानु पर्ने बाध्यतालाई बुझेर जनताको सेवामा सहजताका लागि शिविर संचालन गरिएको समेत बताउनुभयो । शिविर समापनमा गाउँ कार्यपालिकाको कार्यालयबाट प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवाली, स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत जीवन राना, मेडिकल अधिकृत डा. शिशिर कुमार पटेल, प्रशासन शाखा प्रमुख सहायक प्रशासकीय अधिकृत प्रकाश केसी. कृषि शाखा प्रमुख सिर्जना थापा, पशु विकास शाखा प्रमुख धिरोज मगर, सहायक महिला विकास निरीक्षक छबिता देवकोटा लगायत कर्मचारिहरू वडास्तरमै पुगेर सेवा प्रदान गर्नुभएको थियो ।

 

शिविरमा अपाङ्गता परिचयपत्र नवीकरण तथा वितरण, ज्येष्ठ नागरिक परिचयपत्र वितरण, व्यवसाय दर्ता तथा नवीकरण, दीर्घ रोगी तथ्याङ्क अभिलेखीकरण, कृषक समूह दर्ता तथा नवीकरण र कृषि तथा पशुपन्छी फर्म दर्ता तथा नवीकरण सहित विभिन्न ६ प्रकारका सेवाहरू प्रदान गरिएको गाउँपालिकाका सुचना अधिकृत नारायण मल्ले जानकारी दिनुभयो ।


शिविर अवधिभर २०१ जनाको अपाङ्गता परिचयपत्र नवीकरण, ४६ वटा ज्येष्ठ नागरिक परिचयपत्र वितरण, १८ वटा कृषि तथा पशुपन्छी फर्म नवीकरण, २५ जना दीर्घ रोगीहरूको विवरण दर्ता, ३ वटा नयाँ व्यवसाय दर्ता तथा ३५ वटा व्यवसाय नवीकरण गरिएको छ ।

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्