पाल्पा,कात्तिक ३० ।
सुनिल कार्की ।
पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले आर्थिक वर्ष २०८१| ०८२ मा पालिका मार्फत भएका महत्वपुर्ण योजना र कामको एक कार्यक्रमका बिच प्रगति विवरण सार्वजनिक गरेको छ ।
स्वास्थ्य सेवामा जनताको पहुँच अभिवृद्धि गर्न भुवनपोखरी स्वास्थ्य चौकी मार्फत एम्बुलेन्स सेवाको सुरुवात गरेर नागरिकलाई सहजता दिएको छ । स्वास्थ्य सेवा प्रवद्र्धनका निम्ति भौगोलिक जटिलतालाई मध्यनजर गर्दै भुवनपोखरीमा बर्थिङ सेन्टर सञ्चालन गरेर स्वास्थ्य क्षेत्रमा फड्को मारेको जनाएको छ । कक्षा १,२ र ३ मा स्थानीय पाठ्यपुस्तक र १ देखि ५ कक्षा सम्म स्थानीय पाठ्यक्रम लागु गरिएको र दिवा खाजामा रकम थप हुँदा बालबालिकाको खाजामा गुणस्तर बढेको बताउदै गाउँपालिकाबाट एकीकृत घुम्ती शिविर मार्फत सेवा प्रदान गर्दा सेवाग्राहीहरूलाई सहज भएको गाउँपालिका अध्यक्ष रुक्माङगत भट्टराइले बताउनुभयो ।सुन्तलाजात प्रर्वद्धन र बजारीकरणको लागि सुन्तला महोत्सवको आयोजना, पर्यटन जागरणको लागि पाणिनी सम्मेलन, कृषि तर्फ व्यवसायीकरण, बजारीकरण र यान्त्रीकीकरणका लागि कार्यक्रम सञ्चालन गरिएको थियो ।
विपद् व्यवस्थापनलाई मध्यनजर गर्दै गाउँपालिकाभित्र रहेका प्रहरी चौकीहरूलाई विपद् सामग्री वितरण मार्फत राहत र पुर्नस्थापनलाई प्रभावकारी बनाउँदै लगिएको थियो ।

वित्तीय सुशासन कायम गर्नको निम्ति प्रत्येक वर्ष वेरुजुको आँकडा घटाउँदै लगिएको गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गर्नको लागी सबै जनप्रतिनिधि र कर्मचारीको साथ र सहयोगले काम भएको गाउँपालिकाका लेखा अधिकृत लिलामणी बस्यालले बताउनुभयो । एक वर्षमा एक हजार जना विद्यार्थीको स्वास्थ्य विवरण अद्यावधिक गरेको, तिनसय पचास किशोरीलाई महिनावारी व्यवस्थापन सम्बन्धी परामर्श दिदै सेनिटरी प्याड वितरण तथा महिनावारी सम्बन्धी परामर्शको कारणले छात्राहरूको विद्यालय हाजिरी दर बढेको समेत जानकारी दिनुभयो। जङ्क फुड उपभोग गर्ने दर कम भएको पोषण स्थिति न्यून भएका विद्यार्थीलाई उपचार, प्रेषण तथा न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि गरेको विद्यार्थीहरूको पोषण स्तरमा सुधार भएको बालविवाह न्यूनीकरणमा पनि प्रभावकारी रहेको नियमित स्वास्थ्य फाइल राख्ने अभ्यास सुरु गाउँपालिकाले समिक्षा कार्यक्रम जानकारी दिएको थियो ।
विद्यालय नर्स कार्यक्रमले विद्यार्थीहरूको शारीरिक र मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पारेको बताउदै यस अभ्यासले रैनादेवी छहरा गाउँपालिकालाई बालमैत्री र पोषणमैत्री गाउँपालिका बन्ने दिशामा एक कदम अगाडि बढाएको निष्कर्ष समेत निकालेको छ । रैनादेबी छहरा गाउँपालिका अध्यक्ष रुक्मांगत भट्टराले पालिकाले गरेका सकारात्मक कामले गाउँपालिकाको सेवा प्रवाहलाई जनमुखी, सहज र नागरिकमैत्री बनाउदै ग्रामीण क्षेत्रका नागरिकहरूलाई समय र श्रमको बचत गराउनको लागी घरघरमा सेवा दिने समेत योजना रहेको बताउदै यस्ता खालका कार्यक्रमले पालिकाको गुणस्तरीय सेवा प्रवाहमा सहयोग पुग्ने बताउनु भयो ।



