आनन्द सहकारी पाल्पाले मनायो १५ औ साधरणसभा, अध्यक्षमा शाक्य चयन

Facebook
X
WhatsApp
LinkedIn

पाल्पा,असोज ०४ ।
सुनिल कार्की \
पाल्पा जिल्लालाई कार्यक्षेत्र बनाएर सेवाप्रवाह गदै आएको आनन्द बचत तथा ऋण सहकारी संस्था लिमिटेण्डले आफ्नो १५ औं वार्षिक साधरण सभा एवं ५ औं अधिवेशन सम्पन्न गरेको छ । वि.सं २०६७ साल भदौं ६ गते तत्कालिन डिभिजन सहकारी कार्यालय पाल्पामा दर्ता भई सोही वर्षको कात्तिक ५ गतेबाट आफ्नो कारोबार सुरु गरेको आनन्द सहकारीले जिल्लामा आफ्नो छुट्टै पहिचान निर्माण गरि सहकारी सेवा दिर्दै आएको छ । सहकारीको सिद्धान्त अनुरुप चलेको यस सहकारीले आफ्नो नियमित काम केबल बचत र ऋणको मात्र कारोबार नगरि यसले समाजको उत्तारदायित्व समेत निर्वाह गदै आएको छ ।

 

सहकारीले एसइइ परिक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई उनिहरुको उज्जव भविष्यको कामना सहित प्रत्येक साधरण सभाको अवसरमा सम्मान समेत गदै आएको छ । यस वर्ष पनि सहकारीले आयुषा बोहरा, समीक्षा बज्राचार्य, रोशनी राना, रिशव थापा लगयतलाई मायाको चिनो सहित नगद रकम सहित सम्मान गरेको सहकारीका अध्यक्ष सर्जुलाल बज्राचार्यले बताउनुभयो । यस्तै चार जना जेष्ठ नागरिकलाई पनि सम्मान गरेको छ । सुर्यलाल गुभाजु, गौरी लक्ष्मी शाक्य, विश्व रत्न शाक्य, र लक्ष्मी बज्राचार्यलाई सम्मान गरेको हो ।

 

यसै गरि असल कारोबारकर्ता बुद्ध कुमारी विर कट्टा, टुलक बहादुर विश्वकर्मा र असल बचतकर्ता गीता पाण्डे, कृष्ण प्रसाद भण्डारी, सहकारीका व्यवस्थापक प्रकाश शर्मा सहित कार्य समित र सल्लाहकारलाई समेत नगद सहित मायाको चिनोले सम्मान गरेको छ । १५ साधरणसभामा सहकारीका अध्यक्ष सर्जुलाल बज्राचार्यले स्वागत मन्तव्य सहित संस्थाले गर्दै आएका काम,कर्तव्य र भुमिका, सचिव रत्नमान बज्राचार्यले सचिवको प्रतिवेदन, कोषाध्यक्ष विनयराज बज्राचार्यले कोषाध्यक्षको प्रतिवेदन, ऋण उपसमितिको प्रतिवेदन उपाध्यक्ष सरोजलाल शाक्य, लेखा सुपरिर्वेक्षणको प्रतिवेदन संयोजक शोभमान बज्राचार्यले प्रस्तुत गर्नुभएको थियो ।

 

 

कार्यक्रममा शेयर सदस्यको तर्फबाट शकुन्तला बज्राचार्य, पत्रकार महासंघ पाल्पाका सचिव रामचन्द्र रायमाझी लगयतले पछिल्लो समय केही सहकारी आफ्नो मुल मर्म अनुरुप नचल्दा समस्या ग्रस्त बन्दै गएको भन्दै सहकारीलाई राइट वेयमा चलाउने जिम्मेवारी साधरण सदस्यको पनि भएको भन्दै सहकारीको हरेक कारोबारमा ध्यान दिनुपर्ने बताउनुभयो ।

 

साधरणसभाका प्रमुख अतिथि एंव सहकारीका सल्लाहकार छत्रराज शाक्यले कार्यक्रमको उद्घाट गदै सहकारीले आफ्नो ७ सिद्धान्तलाई आत्मसाथ गरेर अगाडी बढेको खण्डमा सफल हुन सकिन्छ भन्ने उदाहारण आनन्द सहकारीले प्रस्तुत गरेको बताउनुभयो । आनन्दले आर्थिक वर्ष २०८१ ८२ मा खुद नाफा मात्रै ४४ लाख ८८ हजार ९ सय ४४ गर्न सकेकोमा धन्यवाद दिदै सहकारीले साधरण सदस्य समेतको जिवनस्तर उकास्ने गरि अगाडी बढ्नुपर्ने सुझाव दिनुभयो ।

 

 

सहकारीको ५ औं अधिवेशनले सरोजलाल शाक्यको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको छ । जसको उपाध्यक्ष रत्नमान बज्राचार्य, सचिवमा विनयराज बज्राचार्य, कोषाध्यक्षमा मविषलाल बज्राचार्य, लगायतको टोली निर्वाचित भएको निर्वाचन मण्डलका संयोजक एवं कानुनी सल्लाहकार नारायण प्रसाद ज्ञवालीले जानकारी दिनुभयो । नव निर्वाचित कार्यसमितिले १५ औ साधरणसभा तथा ५ औं अधिवेशनबाट आएका १५ वटा प्रस्ताव समेत पारित गरेको छ ।

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्